Logo
१३ बैशाख २०८१, बिहीबार
(January 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘परिमार्जनसहित संविधान संशोधन गर्नुपर्छ’

सिरहा, २४ पुस । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले परिमार्जनसहितको संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल प्रेस सोसाइटी शाखा सिरहाद्धारा लहानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधन प्रस्ताव नै अधुरो रहेको बताउँदै परिमार्जन पश्चात मात्र संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले एमाले लगायतका केहि दलले सत्ताको बार्गेनिङ गर्न मात्र संविधान संशोधनको विरोध गरिरहेको आरोप लगाउनुभयो ।

प्रदेशहरुको समीांकनमा नै मुख्य विवाद रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सुनसरी र मोरङलाई थारु तथा मधेसी बाहुल्य दुई नम्बर प्रदेशमा राख्नुपर्छ । दोस्रो कैलालीलाई थारु बाहुल्य ५ नम्बर प्रदेशमा र ५ नम्बर प्रदेशमा गलत ढंगले गाभिएको मगर बाहुल्य क्षेत्रलाई ४ नम्बर प्रदेशमा राख्दा सात प्रदेशमा पनि कुरा मिल्न सक्छ ।’

संयोजक भट्टराईले मधेसवादी दलहरुसँग एकिकरण भन्दा पनि अहिले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउनेमा आफ्नो दल केन्द्रित रहेको बताउनुभयो । उहाँले संविधान संशोधनपछि राज्यको पुनर्संरचना गर्न चाहने, गणतन्त्र, संघियता, धर्मनिरपेक्षता समावेशी लोकतन्त्र लगायतका मुद्दा बोकेर अघि बढ्न चाह्ने शक्तिहरुसँग धु्रविकरण तथा एकिकरण गर्न सक्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा पूूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीका नेता महेन्द्र पासवान, नेताहरु रामकुमार शर्मा, रामरिझन यादब, डा. सुरेन्द्र यादब लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jan 8, 2017

प्रतिक्रिया दिनुहोस्