Logo
७ बैशाख २०८१, शुक्रबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपक्षीको शक्ति प्रदर्शन : ४० ठाउँबाट जुलुस, बीच सडकमै मञ्च !

काठमाडौं, २२ पुस । केही बेरमा प्रमुख विपक्षी दल नेकपा एमालेसहितका ९ दलले शक्ति प्रदर्शन गर्दै छन् । केही बेरमा राजधानीमा हुने प्रदर्शनको तयारी पुरा भएको नेताहरुले बताएका छन् ।

एमालेले पार्टी जनवर्गिय संगठनहरुलाई उपत्यकाको विभिन्न स्थानबाट जुलस निकाल्न निर्देशन जारी गरिसकेको छ । सोही अनुरुप, राजधानीका विभिन्न ४० स्थानबाट केही बेरमा जुलुस निकाल्ने र कार्यक्रम स्थल भृकुटीमण्डप आउने बताइएको छ ।

जुलुस सभा, राष्ट्रियसभा गृह अगाडि आयाजना गर्नका लागि बिचबाटोमै मञ्च तयार गरिएको छ । तीनबजे शुरु हुने सभा अघि सवै क्षेत्रबाट जुलुस रत्नपार्कमा केन्द्रीत हुने छ र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ९ दलका शीर्ष नेताहरुको नेतृत्वमा रत्नपार्कबाट जुलुस अघि बढ्ने जनाइएको छ ।

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्