Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 उपेन्द्रले भने,‘एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा’

विराटनगर,२२ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको शक्ति प्रर्दशन बेमौसमी बाजा रहेको संज्ञा दिएका छन् ।

शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गदैं उनले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ र्डोयाएको समेत आरोप लगाए ।

संघीय गठबन्धनका संयोजकसमेत रहेका यादवले भने,‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ ।’

उनले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने समेत बताए । नेता यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने दोर्होयाएका छन् ।

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्