Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन सिआइएका त्यो एजेन्ट जसले सद्दाम हुसेनको पहिचान गरे 

बीबीसी ।   सन् २००३ मा इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेन पक्राउ परे । उनलाई पहिचान गर्न सिआइएलाई एक विशेषज्ञको आवश्यकता थियो । उनी थिए– थे जोन निक्सन । निक्सन सन् १९९८ मा सिआइएमा भर्ति भएका थिए । त्यसअघि उनले सद्दाम हुसेनबारे अध्ययन गरेका थिए ।

बीबीसीका अनुसार निक्सन विश्वभरका नेताका जानकारी हासिल गर्ने काम गर्थे। ‘जव नीति निर्माता गहिरो संकटमा पर्थे उनीहरु गम्भीर प्रश्न लिएर मकहाँ आउँथे,’ उनले भने, ‘उनीहरु फलानो व्यक्ति को हो?, के चाहन्छ र यस्तो किन गर्दैछ भनेर मलाई सोध्थे।’ निक्सन ‘डिब्रिफिङ द प्रेसिडेन्टः द इन्ट्रोगेशन अफ सद्दाम हुसेन’ कितावका लेखक हुन्। निक्सनले सो पुस्तकमा पूर्व इराकी नेता सद्दाम हुसेन विराधाभाषले भरिएको उल्लेख गरेका छन्।

जब अमेरिकी सैनिकले लुकेर बसेका सद्दाम हुसेनलाई पक्राउ गर्यो, सो बेला निक्सन इराक मै थिए। सद्दाम आफ्नो गृहनगर तिकरित नजिकै भूमिगत अवस्थामा एक सुरुङबाट पक्राउ परेका थिए। जब सद्दाम हुसेन पक्राउ परेको समाचार सार्वजनिक भयो, अमेरिका सोसमाचारको पुष्टि गर्न चाहन्थ्यो, की पक्राउ परेका व्यक्ति सद्दाम नै हुन। सो कामको जिम्मा निक्सनलाई दिइयो।

त्यो बेला पक्राउ परेका व्यक्ति नक्कली सद्दाम भएको चर्चा पनि चलेको थियो। तर २०११ मा सिआइए छोडेका निक्सनले सद्दामलाई पहिचान गर्ने विषयमा आफ्नो दिमागमा कुनै द्विविधा नभएको बतााए। ‘जब मैले सद्दामसँग कुरा गर्न थालेँ तब उनले त्यही व्यवहार देखाए जुन मेरो टेबलमा वर्षौं देखि रहेको किताव थियो,’ उनले भने। सद्दामसँग सोधपुछ गर्ने जिम्मेवारी निक्सनलाई नै दिइयो। निक्सन पहिला व्यक्ति थिए जसले सद्दामसँग विस्तृत रुपमा सोधपुछ गरे।

निक्सनले कयौं दिन सद्दामसँग सोधपुछ गरे। ‘म आफैंलाई प्रेरित गरिएको थिएँ की विश्वकै मोस्ट वान्टेड व्यक्तिसँग सोधपुछ गरिरहेको छु,’ उनले भने, ‘ सोधपुछका क्रममा सद्दाम व्यापक मात्रामा विरोधाषास लागेका थिए।’ निक्सनले सद्दाममा मानवीय पक्ष पनि देखेको बताए।उनले अमेरिकी संचारमाध्यममा आएजस्तो सद्दामको छवि नभएको उनले जनाए। ‘सद्दाम आफैंमा एक चमत्कारी व्यक्ति थिए,’ उनले भने, ‘यस्तो चमत्कारी व्यक्ति मैले देखेको थिइन। हुन सक्छ सद्दाम आकर्षक, राम्रो र विनम्र बन्न चाहन्थे।’

तर सद्दामको अर्को पक्ष पनि थियो। ‘सद्दाम अशिष्ट र घमण्डी पनि थिए,’ उनले भने, ‘आफ्नो नियन्त्रण गुमाएपछि उनी डरलाग्दा भएका थिए।’ आफूले केही सवाल गरेपछि सद्दामको नकारात्मक पक्ष आफूले थाहा पाएको निक्सनले बताए। निक्सलने सद्दामसँगको सोधपुछका क्रममा आफ्नालागि सबैभन्दा ठूलो विषय आम विनाशकारी हतियार रहेको बताए। आम विनासकारी हतियार इराकमा रहेको भन्दै अमेरिका र बेलायतले युद्धको सुरुवात गरेका थिए। ह्वाइट हाउस ती सबै विषयको जानकारी चाहन्थ्यो।

तर सद्दामसँगको सोधपुछ, उनका सल्लाहकार र अनुसन्धानमा आम विनाशकारी हतियार रहेको पुष्टि भयो वा सद्दामले आफूमाथि लगाएको आरोप अस्विकार गरे ? निक्सनले भने, ‘म यो निष्कर्षमा पुगेको छु की पूर्व इराकी नेताले देशमा परमाणु कार्यक्रमलाई वर्षौं पहिला रोक लगाएका थिए। र फेरि सुरु गर्ने कुनै योजना थिएन।’ सद्दामसँग सोधपुछ गरिएको कोठामा निक्सनबाहेक पोलिग्राफर र एक अनुवादक उपस्थित थिए।

पहिलो सेशनको अन्तिममा निक्सनले सद्दामसँग सौहार्दपूर्ण वातावरण बनाएर छलफल गर्ने कोशिस गरेका थिए। ‘सद्दामलाई एक महिनासम्म लुकाइएको थियो,’ उनले भने, ‘सद्दाम सुरुमा निकै सकारात्मक थिए, तर दोस्रो पटकको सोधपुछका क्रममा सद्दाम धेरै शंकालु भएका प्रस्तुत भए।’ निक्सनले इराकमा सद्दामको बर्हिगमनपछि स्थिति निकै बिग्रिएको बताए। पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुशका विषयमा  निक्सनले बुश सत्य नजिक पुग्न नसकेको बताए। ‘बुश प्रशासनलाई थाहा थिएन की सद्दामको बर्हिगमनपछि इराकमा के हुन्छ ?’
बीबीसी हिन्दीबाट

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्