Logo
२ फाल्गुन २०८१, शुक्रबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी बैठकमा समावेशिताको विषयमा विवाद

फाइल तस्विर

काठमाडौँ, पुस २१। नेकपा माओवादी केन्द्रको बैठकमा समावेशिताको विषयलाई लिएर विवाद भएको छ । माओवादीको निकट भविष्यमै हुने भनिएको गाउँ तथा जिल्ला अधिवेशनको लागि बनाइएको आन्तरिक निर्वाचन र सङ्गठनात्मक कार्यविधिकमा नेताहरुबीच विवाद देखिएको हो ।

गाउँदेखि जिल्लासम्मको अधिवेशन गर्न संगठन र कार्यविधि कस्तो बनाउने भन्ने सवालमा कार्यविधि तय गर्न माओवादीले नेता वर्षमान पुनको नेतृत्वमा हितमान शाक्य, आहुतीलगायत सदस्य रहेको समिति गठन गरेको थियो । समितिले कार्यविधि पार्टीलाई बुझाएपछि सो बारे आजको केन्द्रीय कार्यालयले छलफल गरी टुंग्याउने तय भएपनि विवाद भएपछि बैठक निश्कर्षविहिन बनेको एक नेताले बताए ।

बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको आन्तरिक निर्वाचन र सङ्गठनात्मक कार्यविधिका बारेमा अब शुक्रबार छलफल गरिने बताइन् ।

कार्यविधिमा आवश्यकता भन्दा बढी समावेशितालाई जोड दिइएको तर कम्युनिष्ट सिद्धान्तलाई ध्यान नदिइएको भन्दै गैरजनजाती पृष्ठभूमिका नेताहरुले असन्तुष्टि जनाएका हुन् । ती नेताका अनुसार कार्यविधिमा कम्युनिष्ट सिद्धान्तलाई भुलेर आवश्यकता भन्दा बढी समावेशितालाई ध्यान दिइएको छ ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्