Logo
८ बैशाख २०८१, शनिबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले सुशील ज्ञवालीलाई यसरी हटाउदैछ !

काठमाडौं, २१ पुस । सरकारले पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई हटाउने तयारी गरेको छ । ज्ञवालीले सरकारलाई बुझाएको १२ पेजको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै सरकारले हटाउने तयारी गरेको हो ।

ज्ञवालीलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको सिइओ बनाएको थियो । सरकार परिवर्तन भएसँगै स्पष्टिकरणका नाममा उनलाई हटाउने चलखेल भएको स्रोतको दावी छ ।

उनको ठाउँमा कांग्रेसनिकट राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेललाई सिइओ बनाउने तयारी रहेको स्रोत बताउछ ।

संचारकर्मीसँग कुराकानी गदैं सत्तारुढ दलका एक मन्त्रीले भने,‘ज्ञवालीजीले १२ पेजको स्पष्टीकरण बुधबार बुझाउनु भएको छ । कसैलाई चित्त बुझेको छैन् । स्पष्टीकरण चित्तबुझेन भने सरकारले हटाउँछ । अहिलेसम्म ज्ञवालीले गरेको कामबाट पीडित जनतादेखि सरकारसम्म कोही पनि सन्तुष्ट छैनन् ।’

सरकारले गत बिहिबार प्राधिकरणले पीडितलाई रकम बाँड्न नसकेको, कर्मचारीसँग समन्वय गर्न नसकेको, पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायत पाँच वटा विषयमा स्पष्टीकरण माग्दै हप्ता दिनको समय दिएर ज्ञवालीलाई पत्र पठाएको थियो । त्यसको स्पष्टिकरण ज्ञवालीले पठाएका थिए ।

ज्ञवालीले सरकारबाटै असहयोग भएको भन्ने बुझाइएको पत्र पठाएपछि अकैं तंरग उत्पन्न भएको छ । सत्तारुढ दल ज्ञवालीसँग रुष्ट बनेका छन् । स्रोतका अनुसार ज्ञवालीलाई अब बस्ने मन्त्रीपरिषद्को बैठकबाट हटाउने तयारी भैइरहेको छ ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्