Logo
७ बैशाख २०८१, शुक्रबार
(January 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्नलेखन माग्ने गठबन्धनद्वारा धारा २७४ खारेजीको माग

काठमाडौं, २० पुष  । सविधानको पुर्नलेखन माग गर्दे नयाँ संविधान प्रति बिमति जनाउँदै आन्दोलनरत संघीय गठबन्धनको बुधवार बसेको बैठकले संविधान संशोधन सम्वन्धि ब्यवस्था उल्लेख भएको संविधानको धारा २७४ खारेज गर्न माग गरेको छ।

तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको गठबन्धनको बैठकले प्रदेश निमार्णमा बन्देज लगाउने उक्त धाराका बुदाँहरु खारेज गर्न पहिलोपटक माग अगाडी सारेको हो।

अदालतले उक्त धारा उल्लेख गर्दै तत्काल सिमाङकन चलाउन नपाउने भन्ने आदेश दिएको पर्सीपल्ट संयोजक  उपेन्द्र  यादवले उक्त धारणा अगाडी सारेका हुन।  सर्वोच्च अदालतको आदेश आएपछि समान धारणा बनाउन बसेको गठबन्धनको बैठकले उक्त धारा खारेजीको माग अगाडी सारेको हो।

प्रदेश निमार्ण तथा सिमाङकन हेरफेरमा बाधक मानिएको उक्त धारा बारे यादवले अगाडी भने, ‘जनताको प्रदेश बनाउने अधिकार रोक्नु हुन्न, जनताले आवाश्यक ठान्यो भने २७४ लाई पनि खारेज गर्न सक्छ।’ उनका अनुसार उक्त धारा खारेज नगरी प्रदेश निमार्ण तथा सिमाङकन हेरफेर गर्न नदिने भएकाले गठबन्धनले उक्त धारा खारेजीको प्रसङ उठाएका हुन।

परिमार्जनसहित प्रस्ताव अगाडि बढाउन गठबन्धनको माग
संघीय गठबन्धनले संविधान संशोधनका विषयमा देखिएको अन्योल सर्वोच्च अदालतको आदेशपछि स्पष्ट भएको निष्कर्ष निकालेको छ। बुधबार बसेको गठबन्धनको बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै सरकारले प्रस्ताव परिमार्जनसहित अगाडि बढाए समर्थन गर्ने निर्णय गरेको छ।

बैठकले सर्वोच्चको फैसलालाई दलहरुले आफू अनुकुल व्याख्या गरेको भन्दै फैसलाले संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खोलेको निष्कर्ष निकालेको छ। ‘सर्वोच्चको फैसलापछि संशोधन प्रस्ताव अगाडि बढाउन सहज भएको छ,’ बैठकपछि राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने ।

बैठकले सरकारले प्रस्ताव परिमार्जनसहित अगाडि बढाएमात्र समर्थन गर्ने निर्णय गरेको छ। प्रस्ताव परिमार्जन गर्ने विषयमा कांग्रेस र माओवादी पहिला नै सहमत भइसकेको भन्दै बैठकले प्रस्ताव परिमार्जनसहित अगाडि बढाउन सरकारसँग माग गरेको छ। @nagarik

प्रकाशित मिति: Jan 4, 2017

प्रतिक्रिया दिनुहोस्