Logo
१५ चैत्र २०८०, बिहीबार
(January 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करोडौं अनुदान यसरी गुमाइन्छ !

काठमाडौं । पछिल्लो समय दाताहरुले दिन खोजेको करोडौं अनुदान गुमेको छ । विकासे आयोजनाका प्रमुखहरू गैरजिम्मेवार बन्दा दातृ निकायले नेपाललाई दिन्छु भनेको करोडौं अनुदान सहयोग गुमेको हो ।

आयोजनाहरूले दातृ निकायसँग समयमै दाबी नगरेकै कारण साढे ३० करोड रूपैयाँ अनुदान गुमेको स्रोतको दावी छ । स्रोत भन्छ,‘आयोजनाले खर्चको विवरण समयमै पेश नगरेको कारण सो अनुदान रकम गुम्यो ।’

महालेखा नियन्त्रकको कार्यालय स्रोतका अनुसार, बन्द भइसकेका आयोजनाहरूमा मात्रै ३० करोड ५६ लाख रूपैयाँ अनुदान रकम अब नआउने भएको छ ।

आयोजना प्रमुखहरू जिम्मेबार नबन्दा यस्तो समस्या आएको अर्थसचिब डा. शान्तराज सुबेदीले जानकारी दिए ।
सरकारले अबदेखि समयमै शोधभर्ना नलिने आयोजनाको बजेट निकासा रोक्का गर्ने र अन्य कारबाहीको लागि सम्बन्धित मन्त्रायललाई लेखी पठाउने काम भइरहेको उनले जानकारी दिए ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सबैभन्दा धेरै अनुदान रकम दोस्रो उच्च शिक्षा आयोजनाबाट गुमेको छ । सो आयोजनाको लागि विश्व बैंक अन्तरगतको आइडिएले दिने भनेको अनुदान रकममध्येमा १७ करोड ४९ लाख २३ हजार रूपैयाँ अनुदान रकम अब नआउने पक्का जस्तै भएको छ ।

सो आयोजना बन्द भइसकेको छ । यस्तै कण्ठरोग नियन्त्रण आयोजनाको ३ करोड रूपैयाँ गुमेको छ । सो आयोजनाको लागि भारतले दिन्छु भनेकोमध्येमा ३ करोड रूपैयाँ गुमेको हो ।

सो आयोजना पनि बन्द भइसकेको छ । डिप तथा स्यालो टुबेल आयोजनाको लागि दातृ निकायले दिन्छु भनेको २ करोड ५७ लाख ११ हजार रूपैयाँ पनि डुबेको छ ।

भारत सरकारले नै दिन्छु भनेको अनुदान रकम समयमै दाबी भुक्तानी नलिएका कारण डुबेको हो । सो आयोजना पनि बन्द भइसकेको छ ।

यस्तै सडक सन्जाल विकास आयोजना चौथो सडक सुधारको १ करोड ४८ लाख ५० हजार रूपैयाँ पनि डुबेको छ । डिएफआइडीको अनुदान सहयोगबापतको सो रकम समयमै दाबी नगरेको कारण डुबेको हो ।

प्रकाशित मिति: Jan 4, 2017

प्रतिक्रिया दिनुहोस्