Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राधिकरण सञ्चाललाई यथावत राख्ने अन्तरिम आदेश खारेज

काठमाडौं, १९ पुष । नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई तत्कालका लागि यथावत राख्ने यसअघि सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश खारेज भएको छ।

नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएन ।

लोडसेडिङ हटाउने अभियानमा लागेका प्राधिकरण प्रमुख कुलमान घिसिङलाई असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले तीन सञ्चालकलाई हटाएको थियो ।

तर, त्यसविरुद्ध सुरज लामिछानेले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले १३ गते कारण देखाउ आदेश जारी गर्दै तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका थिए ।

तर, सर्वोच्चको यो आदेश पछि प्राधिकरणको बोर्ड बैठक बसेको छैन । र, उनीहरु पुनर्बहाली हुन पाएका थिएनन् । तीन सञ्चालक पुनः काममा फर्कन नपाउँदै सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गरेको छ ।

यसअघि न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलाशले उनीहरुलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

आफूहरुलाई हटाउने निर्णयविरुद्ध सञ्चालक द्वय मनोजकुमार मिश्र र सुरज लामिछानेले सर्वोच्चमा रिट दायर गरेका थिए। प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्माको संयुक्त इजलाशले सञ्चालक त्रयलाई हटाउने निर्णय गैरकानुनी नदेखिएको भन्दै यसअघि जारी गरेको अन्तरीम आदेश खारेज हुने आदेश दिएको हो।

ऊर्जा मन्त्रालय र प्राधिकरणले अघि बढाएको लोडसेडिङ अन्त्यको अभियानमा प्राधिकरणका सञ्चालक अग्रवाल, मिश्र र लामिछाने बाधक बनेको भन्दै मन्त्रालयले उनीहरुलाई सञ्चालक समितिबाट हटाउने निर्णय गरेको थियो।

उनीहरुलाई हटाउने निर्णयसँगै प्राधिकरण सञ्चालकमा भक्तबहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई सञ्चालक सदस्यमा नियुक्त गरिसकेको छ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्