Logo
३१ असार २०८२, मंगलबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा २६ अंकको उच्च गिरावट, ३९ करोडको सेयर बिक्री – तालिकासहित

काठमाडौं, १९ पुुस । अघिल्लो दुुई दिन लगातार बढेको नेप्से आज मंगलबार भने उच्च अंकले घटेको छ । आज नेप्से २६ दसमलव तीन अंकले घटेर १४ सय ५६ दसमलव ८२ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि पाँच दसमलव ८४ अंकले घटेर तीन सय १४ दसमलव ५९ अंकमा कायम रहेको छ ।

कुल एक सय ३० कम्पनीहरुको तीन हजार आठ सय ३५ वटा कारोवारमा छ लाख ७१ हजार छ सय ५२ कित्ता सेयर खरिद बिक्री भएकोमा ३९ करोड ७३ लाख ५५ हजार पाँच सय १५ रुपैयाँको कारोवार भएको छ ।

आज सात वटा समुहको कारोवार भएकोमा सबै समुहको कारोवार उच्च अंकाले घटेपछि नेप्से पुरै रातो भएको छ । सबैभन्दा उच्च अंकले घटेको बीमा समुहको सुचक दुुई सय १६ दसमलव ९६ अंकले घटेर छ हजार छ सय २५ दसमलव २० अंकमा कायम रहेकोमा १० करोड ३४ लाख १३ हजार रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव ९४ अंकले घटेर १३ सय ९० दसमलव ८० अंकमा कायम रहेकोमा २१ करोड चार लाख ३१ हजार रुपैयाँको कारोवार भएको छ । यसैगरी होटल समुहको सुचक २५ दसमलव २९ अंकले घटेर १८ सय ८९ दसमलव २१ अंकमा कायम रहेकोमा आठ लाख ९५ हजार छ सय ८० रुपैयाँको कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक २४ दसमलव तीन अंकले घटेर १५ सय ३४ दसमलव ४५ अंकमा कायम रहेकोमा तीन करोड ५५ लाख पाँच हजार दुुई सय रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुचक १८ अंकले घटेर १७ सय २६ दसमलव २१ अंकमा कायम रहेकोमा एक करोड ५६ लाख २५ हजार पाँच सय रुपैयाँको कारोवार भएको छ ।

फाईनान्स र अन्य समुुहको सुचक आज सामान्य अंकले मात्र घटेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा अरुण फाईनान्स परेको छ भने गुुमाउने कम्पनीको सुचीमा  साझा बिकास बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज पनि एभरेष्ट बैंक नै अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य  बढेको मुल्य
अरुण फाईनान्स २००  ९.८९
सप्तकोशी डेभलपमेन्ट बैंक २८४  ९.६५
ग्रिन डेभलपमेन्ट बैंक ४७५ ६.०३
 प्रोग्रेसिभ फाईनान्स  १७५ ४.१७
 एनबी इन्स्योेरेन्स कम्पनी  ७२६  ३.८६

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
साझा बिकास बैंक २४१ ७.३०
महिला सहयात्रा बित्तीय संस्था ६६०  ५.७१
युुनाईटेड इन्स्योरेन्स कम्पनी १०९०  ५.७०
प्रुुडेन्सीयल इन्स्योरेन्स कम्पनी ११४१ ५.७०
कालिका माईक्रो क्रेडिट १४४१ ५.६३

 

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्