Logo
८ बैशाख २०८१, शनिबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् २४ गते बस्ने: सहमति खोज्न दलहरुलाई पाँच दिनको समय 

काठमाडौं, १९ पुस । राजनीतिक गतिरोध अन्त्यका लागि निकास खोज्न दलहरुलाई पाँच दिनको समयसिमा तोकिएको छ।

सहमतिका लागि पहल गर्ने प्रतिवद्धतासहित मुख्य दलका शीर्ष नेताहरुले पाँच दिनको समय मागेपछि मंगलबार बोलाइएको संसद्को बैठक आगामी आइतबार १ बजे बस्ने गरी सूचना टाँगेर स्थगित भएको छ। सोमबार दोस्रोपटक बोलाइएको बैठक पनि सूचना टाँगेर स्थगित गरिएको थियो।

सभामुख ओनसरी घर्तीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरुसहितको मंगलबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सहमति खोज्न पाँच दिनको समय तोकेको हो।

एमालले संविधान संशोधन फिर्ता लिनुपर्ने र चुनाव घोषणा हुनुपर्ने लगायतका माग राख्दै एक महिनादेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

मंसिर १४ गते सरकारले संविधान संशोधन विधेयक दर्ता गरे पनि अवरोधका कारण संसद्मा पेस हुन सकेको छैन । एमालेको अडानका कारण राजनीतिक गतिरोधले निकास पाउन सकेको छैन ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्