Logo
८ बैशाख २०८१, शनिबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चले सहज गराएपनि तनावमा प्रचण्ड सरकार

काठमाडौं, १९ पुस । सर्वोच्च अदालतले ब्यवस्थापिका संसदमा दर्ता गराइएको संशोधनको प्रक्रिया रोक्न नपर्ने आदेश दिएपछि सत्ताधारीले आजै संशोधन प्रस्ताव टेबुल गर्ने भएका छन् ।

कांग्रेस, मधेसी मोर्चा र माओवादी मिलेर जसरी पनि संविधान संशोधन गर्ने निधोमा पुगेपछि संसदमा पेश भइसकेको महाभियोग प्रस्ताव पनि निर्णयमा पुग्ने निश्चित भएको छ । तर एमालेको कस्तो कदम हुने छ त्यो भने खुलिसकेको छैन ।

कानूनमन्त्री अजयशंकर नायकले सर्वोच्चको आदेशपछि एमाले नैतिक संकटमा परेको दावी गरे, संचारकर्मीहरु सगँको कुराकानीमा उनले भने ‘एमालेलाई अब नैतिक संकट परेको छ यदि पक्रिया रोक्न खोज्यो भने सर्वोच्चको अपमान हुने छ ।

उनका अनुसार संशोधन प्रस्ताव लगतै महाभियोगको प्रस्तावको प्रक्रिया पनि सुरु हुनेछ । उनले भने ‘अब महाभियोग प्रस्तावको छिनोफानो हुने छ ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्