Logo
१३ बैशाख २०८१, बिहीबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन विधेयक अगाडि बढाउन सरकारलाई बाटो खुल्यो

संविधान संशोधनविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, १८ पुस । सर्वोच्च अदालतले संविधान संशोधन विधेयक रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

संशोधन विधेयक गैरसंवैधानिक भएको भन्दै अधिवक्ता टीकाध्वज खड्का र पूर्वसांसद मञ्चका विष्णु बहादुर राउतले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको फैसलापछि सरकारलाई संविधान संशोधन विधेयक अगाडि बढाउन बाटो खुलेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको इजालसले संशोधन विधेयकमाथि अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो ।

 

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्