Logo
१२ बैशाख २०८१, बुधबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाचाकबुल पूरा गर्न हाम्रो सबै आग्रहलाई लत्यायो

काठमाडौं, १७ पुस । एमाले अध्यक्ष केपी ओलीले मुख्य दलहरूबीच दूरी बढेको र त्यसकै कारण समाजमा द्वन्द्वको विजारोपण भएको बताएका छन् ।

उनले २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने प्रयास हुनुपर्ने बेलामा सुरु भएको संशोधन प्रयासले निर्वाचनलाई अनिश्चित बनाएको समेत आरोप लगाएका छन् ।

संविधान कार्यान्वयनका माध्यमबाट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बेलामा सरकारले संविधान संशोधनको दुष्प्रयाश गरेर राजनीतिक सङ्कट उत्पन्न गरेको भन्दै ओलीले नेकपा (एमाले) लगायत संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गरेका दललाई निषेध गर्दै अगाडि सारिएको संशोधन विधेयकले राजनीतिक धु्रवीकरण सिर्जना गरेको उल्लेख गरेका छन् ।

एक अपिल जारी गर्दै ओलीले वर्तमान सङ्कट समाधानको एउटै बाटो असंवैधानिक र जनचाहनाविपरीतको संशोधन विधेयक फिर्ता लिदै मुलुकलाई निर्वाचनको दिशामा अगाडि बढ्नु उपयुक्त हुने सुझाएका छन् ।

ओलीले जारी गरेको अपिलमा भनिएको छ , ‘प्रक्रिया, अन्तरवस्तु र परिणाम सबै हिसाबले संशोधन विधेयक गलत छ । संविधान संशोधन आवश्यकता, औचित्य, राष्ट्रिय हित एवम् जनचाहनाका आधारमा मात्रै हुन सक्छ । कसैलाई खुशी पार्न र सीमित समूहलाई रिझाउन संविधान बनाउँदा अभिव्यक्त ९० प्रतिशत सांसदहरूको सहमतिलाई भत्काउन मिल्दैन ।’

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्