Logo
२ जेष्ठ २०८१, बुधबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ पत्रिका ‘क प्लस’ श्रेणीमा, तारानाथ दाहाल नेतृत्वको कमाण्डर ‘क’ बाट ‘ख’ मा झर्यो

हेर्नुहोस: कुन पत्रिका भयो पास, कुन भयो फेल अनि कुन परे कारवाहीमा ?

काठमाण्डौ । छापा संचारमाध्यमहरुले दिएको परिक्षाफल प्रकासित भएको छ । केहि पत्रिकाहरु तल झरेका छन भने केहि पत्रिकाहरु माथी उक्लिएका छन ।
धेरै पत्रिकाहरु कारवाहीमा समेत परेका छन तर यसपटक सबै भन्दा आश्चर्यको बिषय भने कमाण्डर पोष्ट दैनिक भन्ने अखवारले गराएको छ ।
पत्रकारबाट नेता अनि नेताबाट फेरी पत्रकार बनेका तारानाथ दाहाल नेतृत्वको कमाण्डर पोष्ट दैनिक यसपटक भने ‘ख ‘ श्रेणीमा झरेको छ ।
यो दैनिक यसअघि भने ‘क’ श्रेणीमा थियो तर निकै ताँमझामका साथ टिम सहित पुगेका दाहाल नेतृत्वको कमाण्डर ‘ख’ श्रेणीमा झर्दा पत्रकारिता जगतमा दाहाल फेरी  निरिह बन्ने पुगेका छन ।  सविधानसभामा नेपाली काग्रेसबाट उम्मेदवार बनेका दाहाल निकै कम मत ल्याएर असफलता हात पारेका थिए भने उनलाई पत्रकारिताले समेत फेरी साथ दिएन जस्तो छ ।
त्यसैपनि दाहाललाई गफडी पत्रकार भनी बजारमा चिनिएका छन उनी कमाण्डरमा गएलगतै त्यहाँ कार्यरत राम्रा पत्रकारहरु भने कमाण्डर छोडर अन्यत्रै गएका थिए ।
यता हुबहु तथा अन्य किसिमका भागेदारी बन्दै ७७ ओटा पत्रिकाहरु कारवाहीमा परेका छन । कामना प्रकाशनको निकै लोकप्रिय मासिक पत्रिका ‘कामना’ लाई भने कारवाही गरिएको छ ।
सम्प्रादायिक द्धेश फेलाउने उद्देश्यले उक्त पत्रिमा छापिएको एउटा कार्टुन बिरुद्ध पत्रकार वीरेन्द्र केएमले उजुरी दिएका थिए । जुन कुरा निकै चर्चाको बिषय बनेको थियो ।
त्यस्तै दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक, मासिक, पाक्षिक लगायतका बिभिन्न पत्रिकाहरुलाई पनि कारवाही गरिएको छ ।

अन्य विवरण हेर्न यहाँ क्लिक गर्नूहोस:

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्