Logo
२५ असार २०८२, बुधबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवती बेचि फरार रहेका लामालाई २३ वर्षपछि समात्यो

काठमाडौं, १७ पुस । यूवती बेचेर फरार रहेका मध्येका एक मकवानपुर पदमपोखरी घर भएका ल्वाङ लामालाई सिआइबीले २३ वर्षपछि पक्राउ गरेको छ ।

सिआइबीको टोली घरमा नै पुगेर लामालाई पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि सिआइबीले भीमफेदी कारागारमा पठाएको एसपी मीरा चौधरीले जानकारी दिइन।

लामा घरमा खेतीपाती र स्थानीय अगुवा बनेर गाउँमै बसेका थिए। गाउँका विभिन्न संस्थामा उनी नेतृत्वतहमा थिए।

यस्तो थियो घटनाक्रम
२३ वर्ष अगाडि ललितपुरको कुपण्डोलमा रहेको एक गलैचा कारखानामा काम गर्ने एक जना युवतीलाई गोपाल स्याङतान, ज्ञानु तितुङ र भोटे लामा भन्ने ल्वाङ लामाले भारतको बम्बइमा पुराए ।

गोपाल स्याङतानलाई विहेको नाटक गरेर ती युवतीलाई बम्बइ लगेका थिए। त्यसपछि १ लाख भारुमा उनीहरुले ती युवतीलाई बेचिदिए । १ लाख रुपैयाँ उनीहरुले खर्च कटाइ भाग लगाए ।

पछि उनीहरुविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता भयो। उनीहरु साधारण तारेखमा छुटे। २०५८ सालमा काठमाडौं जिल्ला अदालतले उनीहरुलाई ५ वर्ष कैद सजाय तोक्यो ।

त्यसबेला उनीहरु फरार भइसकेका थिए। पछि ज्ञानुलाइ प्रहरीले समात्यो। गाेपाल अझै फरार छन् ।

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्