Logo
१५ बैशाख २०८१, शनिबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरुणाञ्चलका मुख्यमन्त्रीसहित ३३ सांसद भाजपामा प्रवेश

एजेन्सी, अरुणाञ्चल । भारतको अरुणाञ्चल प्रदेशको सत्तारुढ पिपुल्स पार्टी अफ अरुणान्चलका मुख्यमन्त्री र सभामुखसहित ४३ मध्ये ३३ जना सांसदहरु चोइटिएर भारतीय जनता पार्टी (भाजपा) मा मिसिएपछि राज्यमा भाजपाले सरकार बनाएको छ ।

अरुणाञ्चल राज्यको बिधानसभाका ६० सिटहरु मध्ये भाजपाको पक्षमा ४७ सांसदको समर्थन पुगेको बताइएको छ । मुख्यमन्त्री प्रेम खान्डुले उनको पूर्व पार्टी अध्यक्षले गैर प्रजातान्त्रिक व्यवहार गरेकाले आफूले भाजपा प्रवेश गरेको बताएका छन् ।

यसअघि पिपुल्स पार्टी अफ अरुणान्चल पार्टीले मूख्यमन्त्रीले पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै पार्टीबाट निकालेपछि उनीसहित ३३ जना सांसदहरु भाजपामा मिसिएका थिए ।

 

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्