Logo
१३ बैशाख २०८१, बिहीबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनको बहश भोलिलाई सर्यो

 

काठमाडौं, १७ पुष  ।  संविधान संशोधन विवाद निकास दिन सर्वोच्च अदालतमा बहश साेमबारलाई सरेकाे छ । उक्त मुद्दा आइतबार प्रधानन्यायाधीश सुशीला कार्की र इश्वर खतिवडाको इजलाशमा पेशी रहेको थियाे।

हेर्दाहेर्दै साेमबारलाइ पेशी ताेकिएकाे छ। निवेदक पक्षकाे वहश सकिएकाे र विपक्षकाे वहश बाँकी रहेकाले सुनुवाइ सरेकाे हाे। अधिवक्ता टिकाध्वज खड्काले दर्ता गरेको उक्त मुद्दामा दोस्रो सुनुवाई आज गरिरहेको सर्वोच्चले जे निर्णय दिने छ त्यही आधारमा देश अघि बढ्ने निश्चित छ।

सर्वोच्चले उक्त मुद्दामा सुनुवाई गर्दै कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गर्यो भने सरकारले संसदमा दर्ता गराएको प्रस्ताव गैरकानुनी हुने छ भने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेमा अघि बढाउन मद्दत पुग्नेछ।

तराई–मधेस केन्द्रित दलका माग सम्बोधन गर्न भन्दै सरकारले मंसिर १४ गते संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो। सरकारले प्रस्ताव दर्ता भएको भोलिपल्टै अधिवक्ता खड्का र पूर्व सांसदहरुले सर्वोच्चमा रिट हालेका थिए ।

न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले ‘कुन प्रयोजनका लागि संविधान संशोधन प्रस्ताव दर्ता भएको हो’ भन्दै विपक्षीलाई जवाफ दिन आदेश दिएको थियो ।

यसै विषयमा पूर्वसांसद मञ्चको निवेदनमा पनि सर्वोच्चले विधेयक पक्षसँग जवफ मागेको छ। सर्वोच्चले संविधान संशोधन गर्नुको आधार र औचित्य खुलाएर लिखित जवाफसहित उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको हो।

खड्काबाहेक संशोधन प्रस्तावविरुद्ध पूर्वसांसदहरू विष्णुबहादुर राउतसमेत आठ जनाले छुट्टै निवेदन दिएका थिए।

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्