Logo
१५ चैत्र २०८०, बिहीबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमको ‘फोर जी’ सेवा सुरु

काठमाडौं, १७ पुस २०७३ ।  नेपाल टेलिकमले आइतबारबाट ‘फोर जी’ सेवा  सुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फोर जी सेवाको शुभारम्भ गरेका हुन् ।

टेलिकम नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्ने दूरसञ्चार कम्पनी हो ।  टेलिकमले थ्री जी सेवाकै महसुल दरमा हाललाई फोर जी सेवा दिने जनाएको छ ।

पोस्टपेड मोबाइल सेवाका ग्राहकले भने यही जनवरी महिनाभित्र चार दिनका लागि चार जीबी डाटा सित्तैमा पाउनेछन् । फोर जी सेवा चल्ने मोबाइल सेटबाट ग्राहकले *444# डायल गरी फोरजी सेवा एक्टिभ गर्न सक्ने नेपाल टेलिकम वायरलेस निर्देशनालयका प्रमुख अशोककुमार थापाले जानकारी दिए ।

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्