Logo
१३ बैशाख २०८१, बिहीबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुबा मुलायमलाई हटाएर मुख्यमन्त्री अखिलेश आफै बने पार्टी अध्यक्ष

काठमाडौं, १७ पौष । भारतको उत्तर प्रदेश स्थित यादव परिवार पार्टीको रुपमा स्थापित सत्तासिन समाजवादी पार्टीमा केहि दिनदेखि जारी पारिवारिक द्धन्द अझै सकिएको छैन । अस्ति बुवाले मुख्यमन्त्री समेत रहेका छोरालाई पाटीृबाट निष्कासन गरिदिए त आज छोराले बुवालाई पार्टी अध्यक्षबाट हटाएर आफू ने अध्यक्ष बनेका छन । भारत उत्तर प्रदेश राज्यको सत्तारुढ समाजवादी पार्टीको विशेष राष्ट्रिय सम्मेलनले पार्टी अध्यक्ष मुलायम सिंह यादवलाई हटाएर राज्यका मुख्यमन्त्री अखिलेश यादवलाई समाजवादी पार्टीकोे राष्ट्रिय अध्यक्ष बनाउने घोषणा गरेका हुन ।
एबिपि न्यूजका अनुसार एक्र सम्मेलनबाट पार्टी अध्यक्ष मुलायमसिंहलाई पाटीृको मार्गदर्शक बनाइएको छ भने उत्तर प्रदेश अध्यक्ष तथा मुलायमसिंह यादवका भाई शिवपाल यादव र अर्का नेता अमर सिंहलाई पार्टीबाट निस्कासन गरिएको छ ।
एबिपि न्यूजका अनुसार उक्त विशेष सम्मेलनले नेता शिवपाल यादवलाई यूपीको अध्यक्षबाट हटाउने प्रस्ताव पनि पारित गरेको हो ।
पार्टी महासचिव राम गोपाल यादवले सो प्रस्ताव लगेको बताइएको छ । सो विशेष महाधिवेशन लखनऊको जनेश्वर मिश्र पार्कमा भएको थियो ।

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्