Logo
७ बैशाख २०८१, शुक्रबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२०१८ सम्ममा फोल्ड हुने स्मार्टफोन बजारमा !

एजेन्सी । पछिल्ला केही वर्षयता प्रविधि कम्पनीहरु स्मार्टफोनका फ्लेक्सीबल डिस्प्ले तयार गर्नमा सफलता प्राप्त गरिसकेका छन् । कतिपय कम्पनीहरुले त लचिलो स्क्रिनवाला स्मार्टफोनका नमूना पनि सार्वजनिक गरिसकेका छन् ।

भलै यो प्रविधि अहिले परीक्षणकेा चरणमा छ, तथापि दक्षिण कोरियाको एक कम्पनी कोलन इन्डस्ट्रीजको दाबीअनुसार सन् २०१८ मा लचिलो स्क्रिनवाला स्मार्टफोन छ्यापछ्याप्ती हुनेछ ।

कोलन दक्षिण कोरियाली उत्पादक कम्पनी हो । कोरियन हेराल्डका अनुसार उक्त कम्पनीले रंगबिहीन पोलिमाइड तयार गर्ने काममा सफलता प्राप्त गरेको दाबी गरेको छ । उक्त पोलिमाइडलाई फोल्डेबल डिस्प्ले तयार गर्न प्रयोग गर्न सकिन्छ ।

कोलन उद्योगले हाल कोरियन कम्पनीहरु एलजी तथा सामसुंगका लागि विभिन्न वस्तु आपूर्ति गर्दै आएको छ । कम्पनीको कलरलेस पोलिमाइड डिभिजनका प्रमुख क्यांग चुंग सिओकका अनुसार ३ देखि ५ वटा प्रविधि कम्पनीहरुले २०१८ मा ठूलो परिमाणमा फोल्ड हुने फोन लञ्च गर्नेछन् ।

 

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्