Logo
१३ बैशाख २०८१, बिहीबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रिका र अनलाइनमा पुनर्निर्माणको बिज्ञापन: तर कार्यलयलाई थाहै छैन !

काठमाडौं, १५ पुस । केहि दिनदेखि राष्ट्रिय स्तरका दैनिक पत्रिका र कतिपय अनलाईनहरुमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणको बिज्ञापन छ्याप्छ्याप्ती छापिएको छ । भुकम्प पिडितहरु पुसको कठाङ्गिदो जाडोमा अझै पालमुनिको शितमा बस्न बाध्य छन् ।

तर विज्ञापनका नाममा कमिसन खादैँ राष्ट्रिय पुनः निर्माण प्राधिकरणले कति रकम उडायो हिसाब किताब छैन् । उक्त बिज्ञापन पुनः निर्माण प्राधिकरणले दिएको नभएर अनाधिकृत रुपमा प्रकाशित भइरहेको पुनः निर्माण प्राधिकरणका उपसचिव बिजय राणाले बताए ।

बिजय रानाले भने ‘एक्कासी मैले पनि ठुला ठुला दैनिक पत्रिका र अनलाइनहरुमा ठुला ठुला बिज्ञापनहरु देखे मलाई अच्चम लाग्यो कहाँबाट आयो ? हामीलाई थाहा नै छैन । यहाँ सबै माथिबाट हुन्छ हाम्रो हातमा के हुन्छ र तपाई प्रमुख कार्यकारी सिइओ शुशील ज्ञवाली र सचिव डा संजय शर्मालाई सोध्नुस् ,मलाई के जानकारी हुन्छ र भन्दै उपसचिव पवनकुमार घिमिरे कड्किए ।

फ्लानालाई भेट्नुस् तिलानालाई भेट्नुस् भन्छन् तीनलाई भेट्दा हामीलाई थाहा छैन भन्दै ९,१० जना समक्ष पुर्याई झुलाउने काम गरिन्छ त्यहाँ । अर्का एक कर्मचारीका अनुसार बिज्ञापन प्रकाशन गर्ने दैनिक पत्रिका र अनलाइनहरु कसैसँग पनि आफ्नो शाखामा बिल पेश नभएर बाहिरैबाट एग्रिमेन्ट भएको हुन सक्ने बताए् ।

त्यस्तै यस बिषयमा प्रधानमन्त्रीका आर्थिक सल्हाकार ऋषिराम पौडेलसँग बुझ्दा उनले प्राधिकरणलाई जानकारी नै नभएर बिज्ञापन आउने भन्ने हुनै नसक्ने बताए । उनले भने, यदि त्यस्तो भएको भए गैर कानुनी कार्य हो ।

यो बिषयमा प्रधानमन्त्री कार्यालयले पनि चासो व्यक्त गर्नु पर्ने हुनसक्छ, म यस बिषयमा प्राधिकरणका कार्यकारीसँग गम्भीर छलफल गर्ने छु । प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीलाई सम्पर्क गर्दा (उनको ९८५१०२५६१९ नम्बरको ) फोन उठेन ।

यस सम्बन्धमा सह सचिब जनार्दन गुरागाईलाई सम्पर्क गर्दा सबै जिम्मा उपसचिव पवनकुमार घिमिरेको भएको बताए । उनको सचिबालय सिंहदरबारमा सम्पर्क गर्दा उक्त बिज्ञापन प्रशासन शाखाका उप सचिब विजय रानाले हेर्ने बताएका थिए ।

प्राधिकरणको सम्बन्धित आर्थिक शाखा र प्रशासन शाखामा समन्वय नगरी यसरी अनाधिकृत बिज्ञापन प्रकाशन गर्नुले करोडौंको चलखेल भएको हुन सक्ने प्रशासन शाखाका एक कर्मचारीले नाम नभन्ने शर्तमा बताएका छन् ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्