Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३५ रुसी कूटनीतिज्ञलाई अमेरिकाद्वारा  देश निकाला

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ३५ रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोपमा ओबामाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका हुन् ।

वाशिङटनस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घन्टाभित्र परिवारसहित अमेरिका छाड्न भनिएको बीबीसीले जनाएको छ ।

दुई रुसी खुफिया एजेन्सीसहितत ९ संस्थामाथि समेत प्रतिवन्ध लगाइएको बीबीसीले जनाएको छ । रुसी गुप्तचर संस्थाले न्यूयोर्क र मेरील्याण्डमा प्रयोग गरेको दुई आवास बन्द गरिनेछ ।

अब दुई रुसी परिसर बन्द गरिनेछ भने केहीलाई आर्थिक प्रतिवन्ध लगाइनेछ । रुसले अमेरिकी अधिकारीहरुलाई तनाव दिएको भन्दै ओबामाले थप कदम उठाउने बताए ।

रुस सरकारले भने अमेरिकी कदमको उचित जवाफ दिने बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले यो कदमलाई अमेरिकी बेचैनी भनेका छन् ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्