Logo
१३ बैशाख २०८१, बिहीबार
(December 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्चस्तरीय जाँचबुझ आयोगको म्याद १५ दिन थपियो

काठमाडौं, १४ पुस । तराई, मधेश र थरुहट लगायतका क्षेत्रमा भएको आन्दोलनको क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन गर्न पूर्वन्यायाधीश गिरीश चन्द्र लालको अध्यक्षतामा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ ।

आयोगको म्याद पुस १५ गतेसम्म मात्र थियो । तर, आयोगमा मधेश आन्दोलनका घटनाहरुबारे उजुरी संकलन कार्य पूरा नभएकोले विभिन्न पक्षबाट म्याद थप्न आग्रह आएपछि म्याद थपिएको आयोगका अध्यक्ष लालले बताए । उनले समय कम भएकोले उजुरी संकलनमा समस्या देखिएको कारण आयोगको म्याद थप १५ दिन बढाएको बताए ।

लालले भने, ‘कोही पीडित न्याय पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आयोगको म्याद थपिएको हो ।’  उनका अनुसार बिहीबार साँझसम्म उच्चस्तरीय जाँचबुझ आयोगमा १९० वटा उजुरी परेको हो । थप भएको १५ दिने म्याद पुस १६ गतेदेखि माघ १ गतेसम्म रहने उनले बताए ।

म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना

२०७२ साल श्रावणदेखि “तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या,आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन गरी प्रतिवेदन पेश गर्न गठित आयोगले काठमाडौं महानगरपालिका, वडा नं १० विजुलीबजार, (धोबीखोला पुलसंगै पूर्व उत्तर तिर पहिलाको रोनाष्ट बसेको भवन) मा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको छ । २०७२ साल श्रावणदेखि तराइ, मधेश र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या,आगजनी, तोडफोड लगायतका घटनाहरुको बारेमा जानकारी भएका पीडित पक्षहरु, सरोकारवालाहरु, मानव अधिकारसंग सम्बन्धित संघ संस्थाहरु सबैलाई मिति २०७३।०८।१६ गते विहिवार देखी लागु हुने गरी ३० दिन भित्र आफूसँग भएका सबूत प्रमाण सहित आयोगको कार्यालय, बिजुलीबजार, काठमाडौं वा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय वा जिल्ला विकास समितिमा जानकारी÷सूचना वा उजूरी दर्ता गराउनुहुन प्रथम पटक सूचना प्रकाशित गरिएको थियो । उक्त म्याद भित्र यस आयोगको कार्यालयमा देश भरिबाट १६० जानकारी÷सूचना वा उजूरी दर्ता भई छानविन प्रक्रियामा रहेका छन् । उक्त सूचनाको म्याद यही मिति २०७३।०९।१५ मा समाप्त हुने भएकोमा विभिन्न सरोकारवाला पक्षहरुबाट केही दिन म्याद थप गर्न अनुरोध भै आएकोले १५ दिनको म्याद थप गरिएको छ । अतM यस थप गरिएको म्यादभित्र अर्थात २०७३ साल माघ १ गतेसम्ममा जानकारी÷सूचना वा उजूरी दर्ता गराउन तथा पहिले दर्ता भै सकेका जानकारी÷सूचना वा उजूरी समेतमा केही थप विवरण वा सबूत प्रमाण भए सो म्याद भित्रै थप गर्न सकिने हुँदा पहिलेको दर्ता नं. उल्लेख गरी यस आयोगको कार्यालय, बिजुलीबजार, काठमाडौंमा वा तल उल्लेखित Website मा थप जानकारी÷सूचना वा उजूरी दर्ता गराउन सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

सम्पर्क ठेगाना :
 काठमाडौ महानगरपालिका–१०, विजुलीबजार ।
 Website : www.hlec.gov.np
 Email: [email protected]
 Facebook: https://www.facebook.com/HighLevelEnquiryCommission/
 Phone no. : 01-4780807 (आयोगको सचिवालय)

प्रकाशित मिति: Dec 29, 2016

प्रतिक्रिया दिनुहोस्