Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राधिकरण सिइओ हटाउने तयारी: ज्ञवालीसँग सरकारले माग्यो स्पष्टिकरण !

काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञावलीलाई स्पष्टिकरण सोधेको छ ।पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै बिहीबार बसेको मन्त्रीपरिषद बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरी उनलाई पत्राचार गरेको हो ।

‘मन्त्रीपरिषदले उहाँलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो,’ मुख्य सचिव सोमलाल सुवेदीले भने, ‘मन्त्रीपरिषदको निर्णय अनुसार उहाँलाई पत्राचार समेत भइसकेको छ ।’ भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ अनुसार सिइओलाई हटाउनुपूर्व स्पष्टिकरणको मौका दिनुपर्छ । ‘प्रमुख कार्यकारी अधिकृतको काम सन्तोषजनक नभएमा नेपाल सरकारले निजलाई जुनसुकै बेला हटाउन सक्ने छ,’ ऐनको दफा ११ मा उल्लेख छ, ‘तर, त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौका दिनुपर्ने छ ।’

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार यो प्रक्रिया पुरा नगरी सिइओलाई हटाउन नमिल्ने कानुनी व्यवस्था हो । ‘तर स्पष्टिकरण सोध्नु भनेकै उनलाई पदबाट हटाउने प्रक्रिया शुरु भएको हो,’ ति अधिकारीले भने, ‘कुनै अभिष्ट नभई यो दफा अनुसार उहाँलाई किन पत्राचार गरिन्थ्यो र ?’

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई हटाउन सरकारले प्रक्रिया थालेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको र सरकारलाई असहयोग गरेको भन्दै ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

भूकम्पपछिको पुनःनिर्माणका लागि ज्ञवालीलाई एक वर्षअघि तत्कालीन केपी ओली सरकारले सिइओमा नियुक्त गरेको थियो। कानूनमन्त्री अजयशंकर नायकले प्राधिकरण सिइओले प्रधानमन्त्रीलाई नै असहयोग गरेकाले हटाउने तयारी थालिएको बताए। ‘बाहिर प्रचार गर्दा काम भएको भनेर हल्ला गरे। भित्रभित्र प्रधानमन्त्रीलाई नै असहयोग गरेकाले स्पष्टिकरण सोध्ने निर्णय भएको हो।

उहाँको स्पष्टिकरण आएपछि कसरी अघि बढ्ने भनेर अरु दलहरुसँग छलफल हुन्छ।’ ‘मन्त्रिपरिषद बैठकले प्राधिकरण सिइओलाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय भएको छ। स्पष्टिकरण आएपछि अरु प्रक्रिया अघि बढ्छ’, मुख्य सचिव सोमलाल सुवेदीले भने। ‘मन्त्रिपरिषद बैठकले प्राधिकरण सिइओलाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय भएको छ। स्पष्टिकरण आएपछि अरु प्रक्रिया अघि बढ्छ’, मुख्य सचिव सोमलाल सुवेदीले भने।

सिइअाे ज्ञवालीले बिहीबार साँझ एक प्रेस नोट जारी गर्दै स्पष्टिकरणले प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनाैती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट पार्ने बताएका छन्।

प्रकाशित मिति: Dec 29, 2016

प्रतिक्रिया दिनुहोस्