Logo
८ बैशाख २०८१, शनिबार
(December 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ दिनमै ‘दंगल’ बन्यो सर्वाधिक कमाउने दोस्रो फिल्म

एजेन्सी, मुम्बई ।सालको अन्त्यमा रिलिज भएको आमिर खान अभिनित ‘दंगल’ले प्रदर्शनको पाँच दिन हुँदा कीर्तिमान राख्दै सर्वाधिक कमाउने फिल्मको दोस्रो नम्बरमा पुगेको छ।

हालसम्म १५० करोडको कारोबार गरिसकेको ‘दंगल’ले प्रदर्शनको दिनमा २३.७ करोड कमाउँदै कीर्तिमान समेत बनाउन सफल भएको छ।
‘दंगल’को यो कमाइ कुने पनि बलिउड फिल्मले प्रदर्शनको पाँचौ दिनमा आजसम्म गरेको सर्वाधिक कमाइ हो।

यसअघि आमिरकै पिकेले १८ करोड, सलमानको ‘बजरंगी भाईजान’ले २१ करोड बढि र ‘धुम ३’ ले २१ करोड २५ लाख कमाइ गरेका थिए।
नितेश तिवारी निर्देशित फिल्मले ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’को १३३ करोडको कमाइलाई उछिनेपछि सो स्थान कब्जा गर्न सफल भएको हो।

सूचिको पहिलो नम्बरमा ३०० करोड भारू रकम सहिर सलमान खान स्टारर ‘सुल्तान’ रहेको छ। विश्लेषकहरूले ‘दंगल’ले सुल्तानको कमाइलाई पछार्न सक्ने सम्भावना देखिएको बताएका छन्।

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्