Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वसाधारणदेखि  VVIP सम्मलाई ठग्ने सुधीर बस्नेत डिल्लीबजार जेल चलान

काठमाडौं, पौष १३ । सर्वसाधारणको करोडौं रकम र बैंक तथा वित्तीय संस्थाको डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम तिर्न नसकेर फरार सुधीर बस्नेत बुधबार जेल चलान भएका छन् ।

पटक पटक पक्राउ परेर छुट्दै आएका बस्नेतले दुई वर्ष छ महिना कैद भुक्तान हुन बाँकी छ। ‘हामीले पक्राउ गरेर काठमाडौं जिल्ला अदालत बुझाएका छाै‌, अदालतबाट अहिले डिल्लीबजार सदर खाेरमा चलान गरेकाे ५, ‘ काठमाडौंका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए।

मंगलबार राती धापासीस्थित उनकाे अाफ्नै निवासबाट पक्राउ परेका उनलाई बुधबार डिल्लीबजार जेल चलान गरिएको हो। बस्नेत जेल चलान भएपनि ओरियन्टल सहकारीका पीडितहरु भने अझै पनि अन्यौलमा छन्।

सुधीर बस्नेतबाट सर्वसाधारण देखि उच्च सरकारी अधिकारीहरु समेत ठगिएका छन्। उनले बैंकहरुबाट मात्रै विभिन्न नाममा झण्डै दुई अर्ब रुपैयाँ कर्जा लिएका थिए।

व्यक्तिगत रुपमा समेत २४ करोड रुपैयाँ कर्जा लिएका बस्नेतले ओरियन्टल बिल्डर्स, आयुसा बिल्डर्स, कोहिनुर बिल्डर्स, कोहिनुर हिल हाउजिङ लगायतका नाममा समेत करोडौं रुपैयाँ बैंकबाट कर्जा लिए।

ओरियन्टल सहकारीको ११ हजार २ सय ८६ बचतकर्ताको झण्डै ३ अर्ब रुपैयाँ पनि फिर्ता गरेनन्।

बस्नेतबाट ठगिने भीआइपीहरु:
पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानसेनापति प्याराजंग थापा, पूर्व प्रधानन्यायाधीश त्रिलोकप्रताप राणा, पूर्व जर्नेल श्रीधर सम्शेर जबरा

कुन बैंकबाट कति कर्जा?
राष्ट्रिय वाणिज्य बैंकबाट २१ करोड ७१ लाख, प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकबाट ७ करोड ३६ लाख रुपैयाँ ऋण लिएका थिए। त्यस्तै एनआईसी एसिया बैंकबाट २० करोड एक लाख, नबिल बैंकबाट १४ करोड ६ लाख र सिद्धार्थ बैंकबाट ६ करोड १५ लाख रुपैयाँ कर्जा उठाएका थिए।

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्