Logo
२६ बैशाख २०८१, बुधबार
(December 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिलायबलको १२० दिने मुद्दतीमा ९ प्रतिशत ब्याज

काठमाडौं, १३ पुस । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १२० दिने मुद्दतीमा ९ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।

१२० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुने र सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

साथै यस बैंकले १ वर्षे मुद्दतीमा ९.२५ प्रतिशत सम्म तथा २ वर्षे मुद्दतीमा ९.५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने जनाएको छ । काठमाडौँको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको यस बैंकको १७ शाखाहरु संचालनमा छन् ।

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्