Logo
११ बैशाख २०८१, मंगलबार
(December 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेका पाँच अंकको सुधार, ४६ करोडको सेयर बिक्री – तालिकासहित

काठमाडौं, १३ पुस । लगातार घटेको नेप्सेमा आज बुुधबार भने सुधार देखिएको छ । आज नेप्से पाँच दसमलव ६२ अंंकले बढेर १४ सय १३ दसमलव १५ अंंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि एक दसलव २१ अंकले बढेर तीन सय चार दसमलव ९४ अंकमा कायम रहेको छ ।

आज एक सय २८ कम्पनीहरुको चार हजार ४७ वटा कारोवारमा १४ लाख ९१ हजार छ सय ६४ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ४६ करोड १२ लाख ८८ हजार आठ सय १० रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सात वटा समुहको कारोवार भएकोमा सातै वटा समुहको सुचक बढेपछि नेप्से सबै हरियो देखिएको छ । उच्च अंकले बढेको होटल समुहको सुचक ३९ दसमलव ४५ अंकले बढेर १८ सय २९ दसमलव ५६ अंकमा कायम रहेकोमा ३५ लाख ९७ हजार छ सय ३० रुपैयाँको काोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक ३० दसमलव ७१ अंकले बढेर १६ सय ९९ दसमलव ३७ अंंकमा कायम रहेकोमा एक करोड ६० लाख ६५ हजार तीन सय रुपैयाँको कारोवार भएको छ । बीमा समुहको सुचक पनि २९ दसमलव ७१ अंकले बढेर छ हजार चार सय ९९ दसमलव ३६ अंकमा कायम रहेकोमा १३ करोड १९ लाख रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ६८  अंकले बढेर १३ सय ३६ दसमलव ३८ अंकमा कायम रहेकोमा १९ करोड १० लाख ७८ हजार रुपैयाँको कारोवार भएको छ ।

ज बिकास बैंक, फाईनान्स र अन्य समुुहको सुचक पनि उच्च अंकले बढेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा एनबी इन्स्योरेन्स कम्पनी परेको छ भने गुुमाउने कम्पनीको सुचीमा ललितपुर  फाईनान्स परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज नेको ईन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
 एनबी इन्स्योरेन्स कम्पनी ६१२  ८.१३
 नेपाल इन्स्योरेन्स कम्पनी ७९० ६.०४
ग्रिन डेभलपमेन्ट बैंक ४२० ५.५३
वेष्र्टन डेभलपमेन्ट बैंक ३०० ५.२६
एनएलजी इस्न्योरेन्स कम्पनी १४२५  ५.१७

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
ललितपुर फाईनान्स १७३ ६.४८
युनाईटेड फाईनान्स कम्पनी १७७  ४.८३
सप्तकोशी डेभलपमेन्ट बैंक  २४०
नयाँ नेपाल लघुबित्त बिकास बैंक ९८० ३.९२
कर्णाली बिकास बैंक २०५  ३.७५

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
नेको इन्स्योरेन्स कम्पनी ३९६७५८८९ १६१३
एभरेष्ट बैंक २३०६६५०८ १६७२
सिद्धार्थ बैंक १९७४७५७९ ९४०
नेपाल बंगलादेश बैंक १९६९८०२४  ७०२
बैंक अफ काठमाडौ लुम्बिनी १७८२४८६५ ६००

 

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्