Logo
२२ मंसिर २०७९, बिहीबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुँडिखेलमा ईण्डो–नेपाल फ्रेन्ड्शिप ईभेन्ट्स हुदै 

काठमाडौं, १२ पुस । यही पुस १५, १६, १७ र १८ गते काठमाडौंको टुँडिखेलमा साँस्कृतिक एव्म पर्यटन प्रवद्र्धनको लागि बृहत साँस्कृतिक प्रदर्शन हुने भएको छ ।

उक्त ईभेन्ट्समा बलिउडका चर्चित गायिका शिवानी कश्यप, हाँस्यकलाकार ईशान कुरेशी एंव चर्चित डान्सर शेफाली जरिवाला तथा कलिउड अभिनेत्री प्रियंका कार्की, हाँस्यकलाकार जितु नेपाल लगायत नेपाल र भारतका गरी १२२ जना कलाकारहरुले प्रस्तुति दिने आयोजक कमिटिका संयोजक अमित चन्द्रकारले जानकारी दिए ।

मंगलबार रिपोर्टर्स क्बल नेपालमा नेपाल–भारत यूवा मैत्री संघले पत्रकार सम्मेलन गरेर ईण्डो–नेपाल फ्रेन्ड्शिप ईभेन्ट्स नाम दिएर चार दिनसम्म कला प्रर्दशनी गरिने जनाएको हो ।

चन्द्रकारले आफुले रसिया, ईन्डोनेसिया लगायत दर्जनांै देशमा यस्ता फेस्टिवल गर्दै आएको र केही समय नेपालमा रहेर नेपाल भारत बिचका सास्कृतिक सम्बन्धका बारेमा केही कामगर्ने बताउदै भने,‘नेपाल जैसा जग्गा दुनियाँमे कहीँ नही देखा ।’

उनले अघि थपे,‘नेपाल र भारतवीचमा बेला–बेलामा आउँने गरेका बिमतिलाई यस सांस्कृतिक एव्म पर्यटन ईन्डो–नेपाल फ्रेन्ड्शिप इभेन्ट्सले सुधार गर्ने र सम्बन्ध सुधारमा टेवा पुग्ने छ, नेपाल र भारतका हरेक साँस्कृतिक र पर्यटनहरूको अस्तित्वहरू मिल्दा जुल्दा छन्, दुई देशका जनताहरू बिच नङ र मासुवीचको जस्तो सम्बन्ध रहेको छ, अर्को कुरा भारत र नेपालवीच खानपानको हिसाबले धेरै कुरा मिल्छ, एस फेस्टिभलमा विशेषगरि भारतीय एव्म नेपाली खानाका विभिन्न परिकारहरुको प्रर्दशनी हुनेछ ।’

कार्यक्रममा जुनियरद्धय सलमान खान, ऋतिक रोशन, नेपाली कलाकार निकिता पाठक लगायतले उक्त फेस्टिभलको बारेमा चर्चा सँगै कला प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्