Logo
७ बैशाख २०८१, शुक्रबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पौडेललाई पाखा लगाउने देउवाको दाउपेच !

काठमाडौं १२ पुस । आफना प्रतिद्धन्दी नेता रामचन्द्र पौडेललाई पाखा लगाएर काग्रेस सभापती देउवाले आफना पक्षियलाई कसरी हालमा लिन सकिन्छ भन्ने दाउपेच सुरु गरेका छन ।

सभापति निर्वाचित भएको दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था कांग्रेस विधानमा छ । तर ९ महिना पुग्न लाग्दा पनि सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न निकायलाई पूर्णता दिन सकेका छैनन् । पदाधिकारी समेत छान्न देउवालाई सकस परेको छ ।

आन्तरिक समीकरण मिलाउन समस्या परेपछि उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयन गर्नसमेत देउवालाई सकस परेको छ । अब देउवाले आफु अल्पमतमा नपर्नेगरि पदाधिकारी मनोनयनको तयारी गरेका छन् ।

सहमहामन्त्री बरिष्ठ नेता रामचन्द्र पौडेललाई दिदा पदाधिकारीमा अल्पमतमा पर्ने भएपछि चलाखीपूर्ण तरिकाले आफु पदाधिकारीमा ब्यालेन्स रहने गरि नियुक्तिको तयारी भइरहेको एक नेताले जानकारी दिए ।

पौडेलको सट्टा कृष्णप्रसाद सिटौला पक्षलाई महामन्त्री दिने तयारी छ । विधानअनुसार सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित २१ सदस्य मनोनयन गर्नुपर्नेछ।

तीमध्ये मनोनयन भएका पदाधिकारी केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यबाट अनुमोदन हुनुपर्ने विधानको व्यवस्था छ। यही प्रावधानका कारण उनलाई आफ्नै समूहभित्र सन्तुलन मिलाउन कठिनाइ भएको हो।

उपसभापतिमा पार्टीभित्र छुट्टै समूहको नेतृत्व गरेका नेता खुमबहादुर खडका र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको मुख्य दाबी छ। निधिलाई पार्टीका तर्फबाट सरकारको नेतृत्व गराएर पठाएका कारण खडकाले आफूलाई उपसभापति दिनुपर्ने दबाब दिँदै आएका छन्।

महामन्त्री र उपसभापति आफ्नो समुहबाट र सहमहामन्त्री सिटौला समुहबाट बनाउने गरि अन्तिम गृहकार्य भइरहेको स्रोतको दावी छ । उपसभापतिमा गोलमान श्रेष्ठको सम्भावना बढी रहेको छ । महामन्त्रीमा आकाक्षी बढी देखिन्छन् ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्