Logo
६ बैशाख २०८१, बिहीबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामूहिक गौ हत्याको भित्री रहस्य यस्तो पो !

दीपक शर्मा, कैलाली, १२ पुस । कैलालीको सदरमुकाम धनगढीदेखि करिब २२ किलोमिटर उत्तर तर्फ रहेको गोदावरी गाविसमा सयौ गाइ गोरुहरु मरेको अवस्थामा भेटिएपछि विभिन्न हिन्दुवादी संघ संगठनहरुले आज मध्यपश्चिम क्षेत्र बन्दको आव्हान गरेका थिए ।

कैलालीमा भएको गौ हत्याको विरोधमा आयोजनामा गरिएको मध्यपश्चिम बन्दका कारण बर्र्दियाको जनजिवन सामान्य प्रभावित बनेको छ ।

बन्दले गर्दा विद्यालय, कलकारखाना, बजार तथा यातायातका साधन चलेका छैनन् भने बजारमा मानिसहरुको चहल पहल पनि पनि निकै कम रहेको छ । बन्दका कारण बर्दियाबाट छुटने लामो तथा छोटो दुरीका सार्वजनिक गाडिहरु चलेका छैनन् भने बजार पनि सामान्य रुपमा मात्र खुलेको छ ।

के हो गौ हत्या प्रकरण ?
कैलालीको सदरमुकाम धनगढि देखि करिब २२ किलोमिटर उत्तर तर्फ रहेको गोदावरी गाविसमा सयौं गाई गोरु मरेको अवस्थामा भेटिएपछि यो घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्ष अर्जुनचन्द ठकुरीका अनुसार सार्वजनिक रुपमा छोडिएका गाई वस्तुलाई कञ्चनपुरको बेदकोट नगरपालिकाले नियन्त्रणमा लियर जगलमा छोडने गरेको बताउदै त्यही अनुसार कैलालीको गोदावरीमा छोडेको, जगलमा रहदा चिसोका कारण ती गाई गोरु मरेको बताउनु भयो ।

गाई गोरुलाई कसैले मारेको जस्तो देखिएन उहाले टेलिफोनमा सो जानकारी दिनुभयो । साथै उहाँले कन्चनपुरको बेदकोट नगरपालिका नगरमा रहेका छाडा चौपायहरुलाई नियन्त्रणमा लिएर जंगलमा छोडने गरेको बताउनु भयो ।

प्रायः जसो त्यसरी ल्याइएका गाई गोरुलाई कैलालीको सहजपुरमा छोडिने गरिएता पनि यस पटक गोदावरीमा छोडिएको बताउनु भयो । साथै कञ्चनपुबाट गाई गोरुलाई लोड गरेर ल्याएका ४ वटा ट्रक र चालकलाइ पक्राउ गरिएको बताउनु भयो । यसरी पक्राउ पर्नेहरुमा ना ४ ख ८३३८ नम्वरका ट्रक चालक कमल प्रसाद पाण्डे, ना ४ ख ३०२६ का पदमचन्द, ना ३ ख ८४३५ का सन्तोष कुँवर र ना ६ ख ७६१८ भिमदत्त वैजलाई ट्रक सहित नियन्त्रणमा लियर अनुसन्धान भैरहेको बताउनु भयो ।

स्थानियवासीहरुका अनुसार गाइलाइ मारिएको भन्दै आक्रोस बढ्दै गएपछि त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । यो घटनालाइ लियर धर्म सग जोडनुको कुनै अर्थ नरहेको वुद्धिजिविहरुको भनाइ रहेको छ । अनुसन्धान भैरहेको हुदा अहिले नै आत्तिहाल्ने अवस्था नरहेको बताइएको छ ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्