Logo
१५ चैत्र २०८०, बिहीबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन,’यौन काण्डपछि गुमनाम नेपाली हिराेइनहरु’

सन्तोष सुवेदी । एउटा भनाइ छ, ‘नाम होस् या बदनाम तर गुमनाम नहोस् ।’सिनेमा क्षेत्रमा भने बदनाम भएर गुमनाम हुनेहरु धेरै छन् । यस क्षेत्रमा राम्रो काम गरेर भन्दा प्रचारबाजी गरेर चर्चित हुने र हराउने प्रवृत्ति बढ्दो छ ।

फिल्ममा अंग प्रदर्शनदेखि विभिन्न हट फोटो सार्वजानिक हुनु कुनै नौलो विषय नरहे पनि कतिपय आफै हेर्नखिचिएका फोटो र भिडियोले विवाद र चर्चामा आए अनि आफै गुमनाम बने। कति गुमनाम भएर पनि पुनरागमन गरेका छन् त कतिलेजिन्दगीकै समाप्तिको बाटो रोजे।

आजभन्दा १२ वर्ष नायिकाश्रीषा कार्कीले आत्महत्या गरिन्। ‘जनआस्था’साप्ताहिक पत्रिकामा आफ्नो नग्न तस्बिर छापिएपछि उनीले आत्महत्याको बाटो रोजिन् । उनले भैंसीपाटीस्थित आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी थिइन् ।

यौन भिडियो सार्वजनिक भएपछि गुमनाम भएकी मोडल हुन्, जेसिका खड्का ।टेलिभिजनको हाँस्य कार्यक्रममा अभिनय गर्दा गर्दै उनको यौन भिडियो सार्वजनिक भएको थियो । सोही भिडियोको कारण मानसिक तनावले गर्दा उनले आत्महत्या गरेको फिल्मकर्मीहरु बताउँछन् ।

उक्त भिडियो सार्वजनिक भएको लामो समय सम्म पनि नेपाली फिल्म क्षेत्रमै रहेकी उनले अन्ततः आत्महत्याको बाटो रोजिन् । उनले आफ्नै वसन्तपुरस्थित आफ्नै डेरामा सलले पासो लगाई आत्महत्या गरिन् । जेसिकाले तीन वर्षअघि विष सेवन गरी आत्महत्याको विकल्प रोजेकी थिइन् । उनको आत्महत्याको रहस्य पनि खुल्न सकेको छैन ।

इटहरीमा गायक प्रकाश ओझासँग यौन क्रियाकलापको भिडियो सार्वजानिक भएपछि विवादमा आएकी ज्योति खड्का फिल्म क्षेत्रमा प्रवेश गर्दा नाम परिवर्तन गरेर जेसिका खड्का बनेकी थिइन् । उनी फिल्म ‘जंगल क्विन’ मा नायिका हुँदा जेसिका खड्काको नाममा सार्वजानिक भएकी थिइन् ।

उनीहरुको अश्लील भिडियो र फोटो सार्वजानिक भएपछि प्रकाश जेल परेका थिए । उनको ‘भत्काइदिन्छु बाख्राको खोर पनि, जाउँ कि क्या हो म पनि जिम खाना, बालै भएन’ लगायत गीत गीत निकै हिट भएको थियो । उनको पनि सेक्स भिडियो सार्वजानिक भएसँगै सांगीतिक करियर धरासयी बन्न पुग्यो । जेलबाट मुक्त भएपछि एक टेलिभिजनमा हाँस्य कार्यक्रम सन्चालनमा ल्याएका थिए ।

अहिलेकी उत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठ पनि यौन भिडियोमा मुछिइन् । डिजे तान्त्रिकसँगको उनको यौन भिडियो ‘मेरो एउटा साथी छ’ नामक फिल्म रिजिल हुने क्रममा बाहिरिएको थियो ।दुवै प्रेमप्रमिका भएको र आफैले हेर्न मोबाइलमा यस्तो दृश्य खिचेको चर्चा थियो । जसले गर्दा प्रदर्शनमा रहेको फिल्मलाई पनि असर गर्‍यो ।

त्यसपछि उनी सभा समारोहमा देखिन छोडिन् । भिडियो बजारमा आएपछि हंगामा भएको थियो । उक्त भिडियो युटुब डटकम नामक वेबसाइटमार्फत सार्वजनिक भएको थियो । भिडियो कसले सार्वजानिक भयो भन्ने पत्ता अहिलेसम्म लागेको छैन् । उनको यौन भिडियो ६ मिनेट लामो थियो ।

भिडियो सार्वजानिक भएपछि डिजे तान्त्रिककी श्रीमतीले उजुरी दिएपछि माफ माग्न लगाइएको थियो । केही समय भिडियोले गर्दा गुमनाम श्रेष्ठ अहिले समाजसँग लडेरै भएपनि केही फिल्म तथा म्युजिक भिडियोमा देखिन थालेकी छन् ।

श्रेष्ठको यौन भिडियोको चर्चा सेलाउन नपाउँदै गायिका तथा मोडल पूजा लामाको सेक्स भिडियो सार्वजानिक भएको थियो ।श्रेष्ठको भिडियोको सार्वजानिक भएको २ महिनापछि लामाको पनि सार्वजानिक भएको थियो । उनको १ मिनेट २३ सेकेन्डको भिडियो सार्वजनिक थियो ।

एकपछि अर्को गर्दै नायिकाको यौन भिडियो सार्वजानिक हुँदा फिल्म क्षेत्रमा हलचल मच्चाएको थियो । उनी मोडल बन्न सुरुमा आउने बेलामा टपलेस फोटो खिचेर हंगामा मच्चाएकी थिइन् । मोडल लामाको यौन भिडियो सार्वजानिक भएपछि उनले डिजे शिशीरसँग हतारमा बिहे गरिन् तर विवाह टिक्न सकेन ।

पटकपटक विभिन्न कान्डमा मुछिदै आएकी पुजा लामा आजकल विदेश पलायन भएको खवर सुनिएको छ । पूजाले आफ्नो बौद्ध धर्म छाडी मुस्लिम धर्म अपनाएपछि फिल्म क्षेत्रबाट नै पलायन भइन् ।

नेपाली फिल्म क्षेत्रमा यस्ता चर्चाहरु धेरै चुलिरहन्छन् । कतिले व्यक्तिगत स्वतन्त्रता भनेका छन् भने कोही यस्ता क्रियाकलाप सार्वजानिक हुनु आपत्तिजनक ठान्छन्, समाधानमा खबर छ ।

तर, यस्ता गतिविधिले सिंगो नेपाली फिल्म उद्योगको गरिमा गुमाएको त छनै नायिकाको छविमा पनि धक्का पुगेको प्रस्ट देखिन्छ ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्