Logo
६ बैशाख २०८१, बिहीबार
(December 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

NIC Asia का सिइओ रिसाल भन्छन्,‘राज्यले नीति ल्याएको खै ?’

सन १९९० मा नेपाल ग्रिनलेज बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका लक्ष्मण रिसाल एक सफल बैंकर हुन । लाईफ इन्सुरेन्स कम्पनी, बैंक अफ एशिया  हुदैँ हालको एनआइसी एशिया बैंकमा सिइओको रुपमा जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

२४ बर्ष जती आफ्नो जिवन बैंकिङ क्षेत्रमा बिताइसकेका उनै रिसालसँग समसामयिक विषय केन्द्रित रहेर न्यूज अभियानका निम्ति विजय दमासेले गरेको कुराकानीको सम्पादित अंश :

एनआइसी एशिया बैंकमा यहाँको प्रवेश कसरी भयो ?

एनआइसी एशिया बैंक भनेको एनआइसी बैंक र बैंक अफ एसिया मर्जर भएर बनेको संस्था हो । यसमा पहिला एनआइसी बैंक हुदाँ २००४ देखी २००८ सम्म म त्यो संस्थामा थिएँ ।
पछि बैंक छाडेर लाईफ इन्सुरेन्स क्षेत्रमा गए । त्यसको केही समय पछि पुनः बैंकिङ क्षेत्रमा आए । जुन प्रवेश पुनः २००९ मा बैंक अफ एशियाबाट भयो । फेरी सो संस्था मर्जर भएपछि अहिले एनआइसी एशिया बैंकमा छु ।
यो बैंकको पछिल्लो वित्तिय अवस्था बताइदिनुस न ?
बैंकको वित्तिय अवस्था अत्यान्तै राम्रो छ । हामि मुलुककै नीजि क्षेत्रका अग्रणी बैंकहरुको सुचीमा अगाडीनै आउछौं । पुँजीगत रुपमा पनि हामी अघिनै छौं ।
गएको आ.वमा १ अर्ब ५ करोड नाफा कमाएका थियौं भने यो आ।वको पहिलो त्रैमासिक सम्ममा हामीले राम्रै नतिजा हासिल गरेका छौं ।
वित्तिय सेवालाई कसरी अघि बढाई रहनु भएको छ ?
अहिले देशभरका ७५ शाखाबाट वित्तिय सेवा जनतामाझ पुर्याइरहेका छौं । त्यस्तै एटिएम मार्फत पनि देशका विभिन्न ठाउँमा सेवा दिइरहेका छौं ।
यो आ.व भित्र थप ४० वटा शाखा खोल्ने लक्ष्य छ । हाम्रो सेवालाई देशभरका साथै दुर्गम क्षेत्रमानि विस्तार गर्ने लक्ष्य छ । यो आ.वको अन्तिम सम्ममा हाम्रो लक्ष्य देशभर गरी १ सय २० शाखा मार्फत सेवा जनतामाझ पुर्याउने छ ।
यो बैंकको नारा ‘बैंक पनि साथी पनि’, वास्तवमा लागू गर्न कत्तिको सफल हुनुभएको छ ?
बैंकमा आउने ग्राहकलाई एउटा साथीको रुपमा व्यवहार गरौं भन्ने उद्देश्यले यो नारा ल्याइएको हो । ग्राहकहरुले यस बैंकसँग कारोबार गर्दा ढुक्कसँग गर्ने वातावरणको सिर्जना होस् र अत्मियता पनि कायम होस् भन्ने हेतुले यो नारालाई गतबर्षबाट अघि बढाइएको हो ।
त्यही अनुसारको व्यवहार, सेवा, सुविधा दिनका निम्ति हामी हरपल लागिरहेका छौं । नारा अनुरुपको काम गर्न हामीले ग्राहकलाई दिने सेवामा पनि सुधार ल्याएका छौं ।  अत्याधुनिक बैंकिङ प्रणाली मार्फत सेवा दिई ग्राहकलाई सन्तुष्ट पार्ने हाम्रो लक्ष्य हो । सोही अनुरुपनै द्रुत गतिमा हामी अघि बढेका छौं ।
सबैलाई वित्तिय पहुँचमा ल्याउन अनेकौँ प्रयास भएतापनि अझै पनि धेरै जनता पहुँच बाहिरै छन् ? आखिर किन ?
विगतमा दुर्गममा बैंकहरु नपुगेको अवस्था थियो तर अहिले देशको प्रायः जिल्लामा बैंकहरु खुलेका छन् ।
अहिले एनआइसी बैंक सम्भावना पहिचान गर्ने र सम्भावित ठाउँमा पुग्ने अभियानमा लागेको छ ।  धेरै भेगका जनतालाई वित्तिय  पहुँचमा ल्याउने हाम्रो कोशिस हो ।
जुन ठाउँमा सम्भावनानै हुदैन् त्यो  ठाउँमा बैंकको शाखा खुलाउनुको अर्थ रहदैन् । यसर्थ बैंकहरु पुग्न गाह्रो हुने  ठाउँमा हामी पुग्न नसकेको होला ।
सामान्यता, एउटा सामान्य व्यापारीले पनि जहाँ व्यापार हुन्छ, त्यहीनै व्यापार संचालन गर्छ । अर्थात् नहुने ठाउँमा व्यापारै गदैन् । त्यस्तै हामी बैंकहरु पनि  त्यही हो । बैंक तथा वित्तिय अवस्था नपुगेको दुर्गममा राज्यले व्यापार गर्ने माहोल बनाइदिन जरुरी छ ।
अझैपनि दुर्गममा यातायात,उद्योग धन्दा, कलकारखाना खुल्न सकेका छैनन् । राज्यको उपस्थिती नपुगेको ठाउँमा हामी जान गाह्रो हुन्छ । यसर्थ सबैभन्दा पहिला त त्यस्तो स्थानमा राज्यको उपस्थिती हुनुपर्छ र वित्तिय कारोबारको वातावरण सिर्जना हुने माहोल गराइदिनुपर्छ ।
साथै, वित्तिय साक्षरताको अभावमा धेरै जनता अझै पनि बाहिर छन्, यो कुरामा राज्य र नीजि क्षेत्र मिलेर जान जरुरी छ ।  हामी त्यो प्रकारको साक्षरता अभियान चलाउन तयार छौं । राज्य पनि लाग्न जरुरी छ ।
राष्ट्र बैंकले अनिवार्य रुपमा ‘विपन्न वर्ग’ मा लगानि गर्न यहाँहरुलाई निर्देशन दिएको छ, यसलाई कार्यन्वयन गर्न के–के काम भैइरहेको छ ?
राष्ट्र बैंकको निर्देशनलाई हामी सम्मान गदैं यो निर्देशनलाई कार्यन्वयन गर्न लागिरहेका छौं । हामीले सहरमा त्यस्तो वर्ग अलि कम भेटिने भएकाले गाउँ अर्थात दुर्गम केन्द्रित भएर यो कार्यक्रम लागू गरेका छौं । यसलाई पूर्ण रुपमा कार्यन्वयन गर्न हामीले आफ्नो सेवालाई सम्भाव्यता रहेका भेगमा पुर्याइ रहेका छौं ।
केही दिन अघि यस बैंकको एक टोली सम्भाव्यता पहिचान गर्न देश दौडानमा पनि निस्किएको थियो । हामी वित्तिय पहुँच भएका स्थानमा आफ्नो सेवा पुर्याइ विपन्न वर्ग कर्जालाई पनि छिटै्नै अझ प्रभावकारी बनाउने छौं ।
अहिले मुलतः बैंकले के–के कुरालाई विशेष फोकश गरेको छ ?
हामीले मुलतः सरकारी निर्देशनलाई पालना गर्ने र बचत खातालाई अत्याधिक रुपमा बढाउने काममा लागिरहेका छौं ।
यस बैंकको पछिल्लो तथ्यांक अनुसार हरेक महिना १२ हजारको दरले बचत खाता थपिरहेका छौं । राष्ट्र बैंकले हालै एउटा व्यक्तिले एउटा बैंकमा एउटा भन्दा बढि खाता खोल्न नपाउने नियम बनाएको छ । यति हुदाँहुदै पनि हामी यो रेसियोमा बचत खाता खोल्न सफल भएका छौं ।
यसलाई अझै वृद्धि गर्न र थप प्रभावकारी बनाउन  नयाँ शाखा खोल्दैछौं । यसपश्यात अझ प्रभाकारी हुनेछ । यस्तै राष्ट्र बैंकले कृषिमा लगानी गर्न बैंकहरुलाई निर्देशन दिए बमोजिङ हामी उद्वत छौं । राष्ट्र बैंकले तोकेको सिमामा हामी पुग्न सफल भएका छौं । बैंकले अहिले यो कुरालाई पनि मुख्य प्राथमिकतामा राखेको छ ।
राष्ट्र बैंकले अनिवार्य रुपमा कृषिमा लगानि गर्न  भनिरहँदा यहाँहरु यो कर्जामा लागानी गर्दा भोगेका समस्याहरु केके हुन ?
मुलतः व्यक्तिगत रुपमा कृषिमा कर्जा दिदाँ समस्या धेरै निम्तिने गरेको छ । यसलाई हल गर्न हामीले समुहको अवधारणालाई विशेषतः फोकश गरेका छौं ।
राष्ट्र बैंकले भनेअनुसार कृषिमा लगानी बढाउन हामीले समूहमा आउने जो कोहीलाई पनि उनिहरुको ‘प्रपोजल’ हेरेर कर्जा दिने काम गरेका छौं । यस्तै व्यक्तिगत कर्जा दिदाँ अहिले विशेषतः हामीले उखुमा लगानी गरेको छौं । तराईमा एकप्रकारको संजाल बनाएर यो काम भैइरहेको छ । अदुवा,अलौँचीमा समेत यस बैंकले लगानी गरेको छ ।
राष्ट्र बैंकले  पुँजी वृद्धी गर्न सबै बैंकहरुलाई निर्देशन दिइसकेको छ, समयमै त्यो सिमामा पुग्न के यो बैंक सफल होला त ?
दुई वटा कमर्सियल बैंकहरु मर्ज भएर एनआईसि एशिया बनेको हो । अव मर्जरमा जाने सम्भावना कम छ । तर पनि राष्ट्र बैंकले तोकेको सिमा अवधिमा हामी पुँजी वृद्वी गर्न सक्षम छौं । गत आ।वको मुनाफाबाट हामी २६ प्रतिशत बोनसको घोषणा गरेका थियौं । त्यो प्रक्रियामै छ । केही समयमै १५ प्रतिशत राइट नि आउँदैछ । त्यसपछि हामि आन्तरिक योजना अनुरुप अघि बढ्नेछौं । र राष्ट्र बैंकको लक्ष्यलाई पुरा गर्नेछौं ।
अवको दिनमा डिजिटल बैंर्किङलाई  यहाँले कसरी अघि बढाउँदै हुनुहुन्छ ?
हामीले पंचवर्षिय योजना बनाएर यसलाई अघि बढाइरहेका छौं । अहिलेसम्म हामीले लगानि गरेकोमा आन्तरिक प्रक्रियालाई ‘मिट’ गर्ने खालको छ । ग्राहकलाई तत्कालै सेवा दिन ‘क्रन्तिकारी’ पारले त्यस्तो खालको पद्वती ल्याउने सोचमा यस बैंक छैन् । हामी यसको अध्ययनमा छौं ।
अध्ययन पश्यात हामीले डिजिटल पद्धतीलाई अघि सारी ग्राहकको मन जित्न लाग्नेछौं । अहिले हामी मोबाईल बैर्किङ र इन्टरनेट बैर्किङलाई विशेष फोकस दिइरहेका छौं ।  किनकी हरेक मान्छेको हातहातमा मोबाईल र इन्टरनेट अर्निवार्य जस्तै भएको छ । त्यसैले यसमा हामी लागेका छौं । अहिले  मोवाईल बैर्किङ सेवा हामिले दिइरहेका छौं भने, इन्टरनेट बैंकिङलाई उत्तिकै अघि बढाएका छौं ।
अव हाम्रो ग्राहकले इन्टरनेट बैंकिङकै माध्यमबाट नेपालभरको प्रायः बैंकहरुमा एउटा खाताबाट अर्को खातामा पैसा ट्रन्सर्फर गर्न सक्छन् । त्यो सेवा प्रदान गर्ने हामी पहिलो बैंक हौं । यस्ता खालका नयाँ योजना ल्याउन बैंक पूर्ण रुपमा लागेको छ ।
अन्त्यमा…
डिजिटल बैंकिङलगायतका अत्याधुनिक सेवालाई अघि बढाउन राज्यले सोही अनुरुपको नीति नियमलाई अबलम्वन गर्न जरुरी छ । यसमा नेपालका बैंकहरु अत्याधुनिक सेवा दिन आतुर छन् । यो कुरा राज्यले बुझ्न जरुरी छ ।

प्रकाशित मिति: Dec 26, 2016

प्रतिक्रिया दिनुहोस्