Logo
१३ बैशाख २०८१, बिहीबार
(December 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से झनै निराशाजनक, ४२ अंकको उच्च गिरावट – तालिका सहित

काठमाडौं, ११ पुस । साताको दोस्रो दिन सोमबार नेप्सेमा ४२ दसमलव ८४ अंकलो घटेर १४ सय ३२ दसमलव ५७ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि नौ दसमलव पाँच अंकले घटेर तीन सय नौ दसमलव २१ अंकमा कायम रहेको छ ।

कुल एक सय ३० कम्पनीहरुको चार हजार दुुई सय ३७ वटा कारोवारमा १५ लाख ५० हजार दुुई सय ५५ कित्ता सेयर खरिद बिक्री भएकोमा ४८ करोड १२ लाख ४७ हजार दुुई सय सात रुपैयाँको कारोवार भएको छ ।

आज सात वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेपछि नेप्से पुरै रातो भएको छ । उच्च अंकले घटेको बीमा समुहको सुचक तीन सय ११ दसमलव एक अंकले घटेर छ हजार छ सय ६१ दसलव २८ अंकमा कायम रहेकोमा १२ करोड ४६ लाख १४ हजार रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैक समुहको सुचक ४० दसमलव ८६ अंकले घटेर १३ सय ५७ दसमलव ८४ अंकमा कायम रहेकोमा २३ करोड दुुई लाख २४ हजार रुपैयाँको कारोवार भएका छ । बिकास बैक समुहको सुचक पनि आज ३७ दसमलव पाँच अंकले घटेर १५ सय ११ दसमलव २५ अंकमा कायम रहेकोमा सात करोड १४ लाख तीन हजार रुपैयाँको कारोवार भएको छ ।

आज होटल, जलबिद्युुत, फाईनान्स र अन्य समृुहको कारोवार सुचक पनि उच्च अंकले घटेको छ । आज सबै भन्दा  बढी कमाउने कम्पनीको सुचीमा जनउत्थान सामुुदायिक लघुबित्त बिकास बैक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नागवेली लघुबित्त बिकास बैंक परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने  एभरेष्ट बैक अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
जनउत्थान सामुुदायिक लघुबित्त १८०९ ९.९७
मेरो माईक्रो फाईनान्स ५३५ ९.८६
एनबी इन्स्योरेन्स कम्पनी ५१५ ७.७४
आईएलएफसिओ माईक्रो फाईनान्स ७०० ७.२५
 कैलास बिकास बैंक (संस्थापक) ३५७  २

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
नागवेली लघुबित्त बिकास बैंक ३०९४ ९.९८
कर्णाली बिकास बैंक २१७  ९.९५
गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स २२७  ९.९२
प्रोग्रेसिभ फाईनान्स १७० ९.५७
प्रिमियर इन्स्योरेन्स कम्पनी १२३६ ८.४४

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
एभरेष्ट बैंक ३५४९७४८७ १७००
बैंक अफ काठमाडौ लुम्बिनी ३३७८२६२६ ६०३
 नेको इन्स्योरेन्स कम्पनी २३४९९२०९ १७१०
सिद्धार्थ बैंक १९६९६५५१ ९६०
नेपाल बंगलादेश बैंक १७५२४४०८  ७००

 

प्रकाशित मिति: Dec 26, 2016

प्रतिक्रिया दिनुहोस्