Logo
१३ बैशाख २०८१, बिहीबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिनावारी पिडाको ७ अचुक उपाय !

महिनावारीको क्रममा युवती र महिलाले निकै पीडा सहनुपर्छ । तर यतिबेला केही सावधानी अपनाए पीडालाई कम गर्न सकिन्छ ।

चक्लेटः
पीडा भइरहेका बेला चक्लेट खानुहोस् । यसमा म्याग्नेसियम र एन्डोर्फिनका साथै क्याफेन र आइरन पनि हुन्छ । यसले पीडाबाट राहत दिलाउँछ, मूड राम्रो बनाउँछ र ऊर्जा प्रदान गर्छ ।

तातो दुधः
यसमा पाइने क्याल्सियम र मिनरल्सका साथै आइरनले पीडा र कमजोरीबाट राहत दिलाउँछ । साथै यसले रगतको कमीको पूर्ती गर्दछ ।

केराः
महिनावारी भएका बेला २ वा ३ वटा केरा खानुहोस् । यसमा पोटासियम र म्याग्नेसियम हुन्छ जसले पीडा कम गर्दछ ।

अदुवाः
पानीमा अदुवा उमालेर त्यसमा मह हालेर चिया जस्तै खानुहोस् । यसको एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लामेटरी तत्वले पीडा र कमजोरी हटाउँछ ।

हरियो सागसब्जीः
खानामा पालुङ्गो, मेथी, ब्रोकोली, बन्दाजस्ता तरकारी समावेश गर्नुहोस् । यसमा आइरन, म्याग्नेसियमजस्ता मिनरल्स र प्रचुर मात्रामा भिटामिन पाइने भएकाले यसले कमजोरी र रगतको कमीलाई टाढा राख्छ ।

मेवाः
मेवाका ४ वा ५ स्लाइस खानुहोस् । यसमा पाइने क्यारोटिन, आइरन, क्याल्सियम र भिटामिनले पीडा र कमजोरीबाट राहत दिलाउँछ ।

भुँइ कटरः
भुँइ कटरको ४–५ स्लाइस खानुहोस् । यसमा ब्रोमलेन नामक एन्जायम पाइन्छ जसले मांसपेशीलाई आराम दिलाउँछ र पीडाबाट छुटकारा दिन सहयोग गर्दछ । एजेन्सी

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्