Logo
७ बैशाख २०८१, शुक्रबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन राजनीति !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफलाई उनको ६६ औं जन्मदिनको अवसरमा बधाई दिएको आईएनएस समाचार संस्थाले जनाएको छ ।

समाचारका अनुसार मोदीले ट्वीट गर्दै भनेका छन्, “पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको जन्मदिनको अवसरमा शुभकामना । म उनको दिर्घायु र स्वस्थ जीवनको कामना गर्छु ।”

मोदीले देशवासीलाई क्रिसमसको शुभकामना दिएपछि शरीफलाई बधाई दिएका हुन् । यसपछि मोदीले भारतका पूर्वप्रधानमन्त्री तथा उनको पार्टी बिजेपीका संस्थापक अध्यक्ष अटल बिहारी वाजपेयीलाई पनि उनको ९१ औं जन्मदिनको उपलक्ष्यमा शुभकामना दिएका थिए । एजेन्सी ।

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्