Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर पुनर्निमार्णका लागि लिएको पैसा अन्त खर्च गरे कालोसूचिमा !

काठमाडौं, पुस १० । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावितका लागि थप एक लाख अनुदान दिने कार्यविधी पारितका छिट्टै मन्त्रीपरिषदमा जाने बताएका छन् ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दातृनिकायले प्रतिबद्धता जनाएको मध्ये झन्डै ८० प्रतिशत बैदशीक सहयोग प्राप्त भएको बताए आइतबार प्राधिकरणमा भएको एक कार्यक्रममा ज्ञवालीले दार्तृनिकायसँग भुकम्पपछीको पुनर्निमार्णका लागि २ सय ७८ अरब रकम सम्झौता भएको जानकारी दिए ।

यसअघिको बनाइएको २ लाख दिने कार्यबिधीलाई परिमार्जन गरेर ३ लाख दिने बनाइएको हो । अर्थमन्त्रालयबाट पनि स्वीकृती लिनुपर्ने, कार्यविधीलाई पुरै परिवर्तन गरेर नयाँ बनाउनुपर्ने लगायतका केही प्राविधिक समस्याका कारण ढिलाई भएपनि छिट्टै मन्त्रीपरिषद्बाट पारित हुने बताए । ३ लाख दिने कार्यविधीपछि दोश्रो किस्ताको रकम दिने काम शूरु हुनेछ ।

०७२ असार १० गते काठमाडौंमा भएको दाता सम्मेलनका क्रममा ४ सय १० अरब रुपैयाँको प्रतिबद्धता आएकोमा ३ सय ४३ अरब रुपैया प्राप्त हुने निश्चित भएको उनले बताए । अन्र्तराष्टिय जगतमा बिपत्ति पछिको सहयोगका लागि दार्तृनिकायले गरेको प्रतिबद्धता अनुसार ६० देखि ७० प्रतिशत सम्म रकम प्राप्त गर्नु सफल मानिने गरेको बताँउदै उनले नेपालको सन्र्दभमा दातृ निकायको सहयोग उत्साहप्रद रहेको बताए ।
पुनर्निमार्णका विभिन्न क्षेत्रमा यो बर्ष प्राधिकरणले २१ अरब खर्च गरिरहेको छ । गएको बर्ष पुननिर्माणका लागि २२ अरब बजेट छुट्याएपनि ४ अरब मात्र खर्च भएर १८ अरब बाँकी रहेको थियो । पहिलो र दोश्रो चौमासिकमा खासै खर्च नभएपनि तेश्रो र चौथो चौमासिकमा पूँजीगत खर्च बढी हुने ज्ञवालीले बताए ।

पुनर्निमार्णको काम हेरेर दातृनिकायमा निराशाको अवस्था नरहेको उनको दावी थियो । घर मर्मत र रेट्रोफिटिङका लागि १ लाख प्राधिकरणले नयाँ घर बनाउनका लागि अनुदान दिने मात्र नभएर भूकम्पका कारण आंशिक क्षति भएका र रेट्रोफिटिङ आवश्यक पर्ने घरका लागि पनि अनुदान दिने व्यवस्था गरेको छ ।

घर भत्किएर आँशिक क्षति भएकाहरुलाई एक लाख अनुदान मध्ये पहिलो किस्तामा ५० हजार र दोश्रो किस्तामा ५० हजार दिने कार्यविधी बनाएको जानकारी दिए । घर निर्माणका लागि ३ लाख रकमका लागि सम्झौता गरेका तर घर आंशिक क्षति भएकाहरुले पनि नयाँ घर नबाउने र पुरानै घर मर्मत गर्ने भए त्यसका लागि घर मर्मत शीर्षक मा उक्त अनुदानलाई रुपान्तर गरि १ लाख अनुदान दिने कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।

प्राधिकरणले पुनर्निमार्णका लागि निमार्ण सामग्री अभाव रहेको र कृत्रिम मुल्यबृद्धी हुने अवस्थालाई रोक्न भन्दै भूकम्प प्रभावित जिल्लाको १ ठाँउमा रहने गरी निमार्ण सामग्री बैंक स्थापना गर्ने बताएको छ । यसका लागि आपूर्ति मन्त्रालय र साल्ट टेड्रिङ कर्पोरशनसँग छलफल भइरहेको र त्यसका लागि आशय पत्र पठाउन भनेको अधिकृत ज्ञवालीले बताए ।

सबैलाई पायक पर्ने गरी ११ जिल्लाका ११ ठाँउमा निर्माण सामग्रीको बैंक राखी सहज अवस्था सिर्जना गर्ने उनले बताए ।
ढाँटेर पैसा लिए कालो सूचिमा राख्ने घर पुनर्निमार्णका लागि भन्दै कसैले ढाँटेर पैसा लिए कडा कारबाही गर्ने प्राधिकरणले तयारी गरेको छ । गलत विवरण टिपाई सरकारी पैसा अपचलन गर्नेहरुको विवरण संकलन गरी राष्ट्रिय मिडियाबाट सार्वजनिक गर्नुका साथै सरकारले कालो सूचिमा राख्ने व्यवस्था गर्ने भएको छ ।  साथै घर बनाउन भनेर पैसा लिई अन्य प्रयोजनका लागि खर्च गरे गाबिस÷नगरपालिकाबाट सिफारिस लिन पनि रोक्का गरिने प्राधिकरणले बताएको छ ।

 

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्