Logo
१५ चैत्र २०८०, बिहीबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेसँग कांग्रेस र माओवादीका नेताहरुबीच बोलचाल बन्द !

काठमाडौं, १० पुस । ‘सत्तामा सहभागी भएको कांग्रेसले सरकारको नेतृत्व गरिरहेको माओवादी नेतृत्वलाई सुझाव दिएको छ- संशोधन प्रस्ताव थाँती राखेर चुनाव घोषणा गर्नु उचित हुनेछ । राजनीतिक द्वन्द्व बढाएर लोकतन्त्रको हित हुन सक्दैन ।’

एमालेका महासचिव ईश्वर पोखरेलले आज विहानमात्र भने– संशोधन विधेयक फिर्ता लिन मिल्दैन भने थाँती राख । यही शैलीमा कांग्रेसले प्रधानमन्त्रीलाई सझुाव दिएको छ, संशोधन थाँती राखेर निर्वाचन घोषणा गरौं ।

स्थिति यतिसम्म बिग्रिसक्यो कि एमालेसँग कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच बोलचालै हुन छाडेको छ । पुस २२ गते एमालेले एक तिहाईभन्दा बढी सदस्यलाई सडकमा उतारेर ९ पार्टीको विरोधसभा गर्दैछ ।

त्यो दिन अगावै संशोधन प्रस्ताव थाँती राखिएन भने राजनीति दुर्घटनातर्फ उन्मुख हुने विश्लेषकहरुको धारणा छ ।

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्