Logo
१२ श्रावण २०८१, शनिबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय खेलकुदमा चन्द्रकलाले बनाइन् दुई दिनमा दुई रेकर्ड

सुनसरी, पुस १० ।  नेपाल प्रहरीकी चन्द्रकला लामगाडेले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोश्रो रेकर्ड बनाइकी छन् । आइतबार उनले महिला ज्याबलिङ थ्रो मा ४३.९४ मिटर प्रहार गरेर राष्ट्रिय रेकर्ड बनाएकी हुन् ।

उनले यसअघि २०७२ सालमा भएको सागको छनोट खेलमा उनले महिला ज्याबलिङ थ्रोमा ४३. ९० मिटरको रेकर्ड बनाएकी थिइन् । यसअघि उनले शनिबार महिला सटपुटमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

महिला ज्याबलिङ थ्रोमा आर्मीकी लक्की थारुले रजत र सशस्त्र प्रहरीकी सीमा थारुले कास्य पदक जितेका छन्। लक्कीले ३९.९९ मिटर दूरी प्रहार गरेकी थिइन् भने सीमाले ३९.२७ मिटर प्रहार गरेकी थिइन्।

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्