Logo
६ बैशाख २०८१, बिहीबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय गठबन्धनमा बाबुरामको को पनि  प्रवेश !

काठमाडौं ७ मंसिर । उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रवेश पाएको छ । फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले बाबुरामसहित अन्य पार्टीहरुलाई पनि गठबन्धनमा ल्याउने निर्णय भएको बताएका छन् ।

नेता श्रेष्ठका अनुसार बाबुरामसहित हरिचरण साह अध्यक्ष रहेको नेपाली जनता दल र दलित जनजाति पार्टीलाई पनि गठबन्धनमा ल्याउने तयारी हुँदैछ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुने काठमाडौंमा भएको गठबन्धनको बैठकबाट बाबुरामलाई संघीय गठबन्धनमा प्रवेश गराउने निर्णय भएको छ । यसअघि यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग कार्यगत एकता गर्ने तयारीमा बाबुराम थिए ।

वर्तमान संविधान जारी हुनुमा बाबुरामको महत्वपूर्ण योगदान रहेकोले मधेशी जनताले अस्वीकार गर्ने भन्दै फोरमभित्रै असन्तुष्टि थियो । फोरमसँग कार्यगत एकता गर्न कठिन भएपछि गठबन्धन मै बाबुरामलाई ल्याउने निर्णय गरिएको हो ।

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्