Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सद्दामकी छोरीले गरिन ट्रम्पको तारिफ

न्युयोर्क, एजेन्सी । इराकका तानशाह सद्दाम हुसैनकी जेठी छोरी रघाद सद्दाम हुसैनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राष्ट्रपतिहरु भन्दा फरक रहेको बताएकी छिन् ।  सिएनएनसँगको अन्तर्वार्तामा रघादले भनिन्, ‘उनी भर्खरै नेतृत्वमा आएका छन्… तर, यो मान्छेमा उच्च तहको राजनीतिक संवेदनशीलता रहेको पाउन सकिन्छ । यो उनीभन्दा अघिकाहरु भन्दा नितान्त फरक छ ।

इराकमा जारी द्वन्द्वको जिम्मेवार अमेरिका भएको आरोप लगाउने उनले ट्रम्प आफ्ना पूवर्वर्तीहरुभन्दा फरक हुनेमा आशा व्यक्त गरिन् । उनले भनिन्, ‘उनले अरुको गल्ती देखाएका छन्, विशेष गरेर इराक युद्धको सम्बन्धमा । यसको अर्थ उनी इराकमा गरिएको गल्तीबारे जानकार छन् र मेरो बुवामाथि भएको अन्यायमाथि पनि ।’

सन् २००३ मा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसको पालामा अमेरिकी गठबन्धनले इराकमा आक्रमण गरेको थियो । सद्दामलाई पक्राउ गरेर १० वर्षअघि मृत्युदण्डको सजाय दिइएको थियो । डिसेम्बर ३० मा त्यसको १० वर्ष पूरा हुँदैछ । राष्ट्रपतिको चुनावी अभियानका क्रममा उनले इराक युद्धको विरोध गरेका थिए ।

तर, त्यसअघि र पछिको अन्तर्वार्तामा भने उनले इराकमा गरिएको हमलाको समर्थन गरेका थिए । सद्दामलाई ‘खराब’ भने पनि ट्रम्पले पूर्व इराकी नेताले आतंकवाद नियन्त्रणमा अपनाएको उपायको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्