Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साताभर एक सय ५६ कम्पनीको दुुई अर्ब ८५ करोडको सेयर कारोवार

काठमाडौं, ८ पुस । यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २१५१९ कारोबारबाट दुई अर्ब ८५ करोड १४ लाख ३५ हजार रुपैयाँ बराबरका ३६ लाख ३२ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ४७.३८ प्रतिशत बढि हो । गत साता १५६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५२५९ कारोबारबाट एक अर्ब ९३ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरका ३१ लाख २६ हजार चार सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५५.९४ अंकले घटेर अन्तिम दिन १४७५.४१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२.५५ अंकले घटेर ३१८.७६ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम ६६ करोड ७१ लाख ५० हजार रुपैयाँको आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या दुई लाख १९ हजार कित्ताको आधारमा र  कारोबार संख्या २५३१ वटाको आधारमा पनि एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सेयर सुचीकरण तर्फ भने यो साता एभरेष्ट बैकको चार लाख कित्ता अग्राधिकार सेयर सुचीकृत भएको छ ।

साताका सेयर सुचकांकाहरु:

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु :

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्