Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्ञानेन्द्रले राष्ट्रियताको दुहाई दिनु पाखण्डपूर्णः बाबुराम

काठमाडौं ७ पुस । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पश्चगामी ध्येयका साथ पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको बताएका छन् । भट्टराईले बाह्य शक्ति केन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाई दिनु पाखण्डपूर्ण भएको समेमत बताएका छन् । उनले ट्वीट गरेका छन्, शाहवंशले मात्र नेपाल आर्जेको, अरु गोर्खाली सुतेको हो त ? साथै उनले यसको सबै अग्रगामी शक्तिले प्रतिवाद गर्नु पर्ने बताएका छन् ।

Baburam Bhattarai (@brb1954) December 21, 2016: बाह्य शक्तिकेन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण छ । शाहवंशले मात्र नेपाल आर्जेको,अरू गोरखाली सुतेको हो त ?

उनले अर्को ट्वीटमा भनेका छन्, इतिहासमा क्रान्तिपछि राजालाई यसरी चैनसाथ बस्ने र हाकाहाकी प्रतिक्रान्तिको धम्की दिने छुट कतै दिएको देखिन्न । ज्ञानेन्द्रलाई त्यो छुट कहिलेसम्म ? इतिहासमा क्रान्तिपछि राजालाई यसरी चैनसाथ बस्ने र हाकाहाकी प्रतिक्रान्तिको धम्कीदिने छुट कतै दिएको देखिन्न।ज्ञानेन्द्रलाई त्यो छुट कहिलेसम्म? पूर्वराजा ज्ञानेन्द्रले बुधबार साँझ विज्ञप्ति निकालेर बाह्य शक्तिको अनुचित प्रभाव बढेको र क्रान्तिकारी, प्रतिवर्तनकारी जस्ता शब्दको प्रयोग गरेर राष्ट्रलाई कमजोर बनाउने काम भएको बताएका थिए ।

प्रकाशित मिति: Dec 22, 2016

प्रतिक्रिया दिनुहोस्