सूचना टाँसेर संसद बैठक चार दिन पछाडि सारियो
काठमाडौं ७ पुस । संसद बैठक लम्ब्याएर विपक्षी सांसदलाई थकाउन सत्ता पक्षबाट दबाब खेपिरहेकी सभामुख ओनसरी घर्तीमगरले बिहीबार निर्धारित संसद बैठक चार दिन पछाडि धकेलेर स्थगन गरेकी छन् ।
प्रमुख राजनीतिक दलहरुलाई सहमतिका लागि बिहीबारसम्मको समय दिएकी सभामुखले दलहरु सहमतिमा पुग्न असफल भएपछि संसद बैठक स्थगन गरेको स्रोतले जनाएको छ ।
संसदको बिहीबारको बैठक सूचना टाँसेर पुस १० गते एक बजेसम्मका लागि स्थगन गरिएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।