Logo
७ बैशाख २०८१, शुक्रबार
(December 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंक अफ काठमाडौको ब्राण्ड एम्बेसडरमा धुुर्मुुस सुन्तली

काठमाडौं । बैंक अफ काठमाडौको ब्राण्ड एम्बेसडरमा धुुर्मुुस सुन्तली नियुुक्त भएका छन् । बैंकले आप्mनो सेवा र व्यवसाय प्रवद्र्धन गर्न समाजसेवी एवं हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई ब्राण्डएम्बेसेडरमा नियुक्त गरेको जनाएको छ ।

दुईपक्षबिच सो सम्बन्धी संझौतामा आज हस्ताक्षर भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले उत्तः संझौतामा हस्ताक्षर गर्नुभएको हो । नवनियुक्त ब्राण्ड एम्बेसेडरहरुले टेलिभिजन, रेडियो,पत्रपत्रिका र अनलाइन संचार माध्यमबाट एकीकृरुपमा बैंकको प्रवद्र्धन गर्नेछन् ।

बैंकले “वचत नै हो धन, सुनौलो भविष्य, सजिलो जीवन ” नारालाई कार्यरुप दिने लक्ष्य लिएको छ । हस्ताक्षर कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कलाकारद्वय सँगको सहकार्यले बैंकलाई दीर्घकालीन सहयोग पुग्ने बताउनु भयो । सोही अवसरमा सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफूहरुलाई बैंकले ब्राण्ड एम्बेसेडर नियुक्त गरेकोमा प्रसन्नता व्यक्त गर्दै आफूले सक्दो सहयोग दिने बताउनु भयो ।

बैंकको सेवा र क्षेत्र विस्तार हुँदै गएको र सर्वसाधारणमा बढी मात्रामा वित्तीय पँहुच पु–याउने उद्देश्यले कलाकारिताको माध्यमबाट पनि योगदान गर्न प्रसिद्ध हास्यकलाकारद्वयलाई सहयोगीको रुपमा नियुक्तगरिएको हो । उहाँहरुले हाल गिरानचौर, सिन्धुपाल्चोकका भुकम्पपीडितहरुका लागि एकीकृत वस्ती निर्माण गर्नुभएको थियो ।

साथै उहाँहरुले महोत्तरीको बर्दिवासमा मुसहर समुदायको लागी तेश्रो एकीकृत बस्ती निर्माणको घोषणा गर्नु भएको हो । दुर्गमक्षेत्र, ग्रामीण क्षेत्र एवं नगरोन्मुख ग्रामीणक्षेत्रलाई परिलक्षित गरी वित्तीय साक्षरता, शाखा विस्तार सहित सम्पुर्ण बैंकिङ्ग सेवाहरुलाई बैंकले प्राथमिकतामा राखी कार्यान्वयन गर्दै आएको छ ।

प्रकाशित मिति: Dec 22, 2016

प्रतिक्रिया दिनुहोस्