Logo
१५ चैत्र २०८०, बिहीबार
(December 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ दलको प्रस्ताव एमालेद्वारा अस्वीकार

काठमाडौँ ४  पुस  । संशोधन प्रस्ताव र निर्वाचन घोषणा सँगसँगै गर्ने सत्तारुढ दलको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ ।

सिंहदरवारमा बसेको सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा सात्तापक्षबाट सो प्रस्ताव गरिएको हो । तर निर्वाचनको फुर्को झुण्डाएर संशोधन प्रस्तावलाई स्वीकार गर्न नसकिने एमाले उपाध्यक्ष बामदेव गौतमले सञ्चारकर्मीहरुलाई बताए ।

संसद बैठकअघि सिंहदरबारमा ८ दलको बैठक
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ८ दलले सत्तारुढ दलले बलजफ्ती संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजे सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ ।  बैठकपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बलजफ्ती संशोधन प्रस्ताव अघि बढाइए सशक्त प्रतिरोध गर्ने ८ दलबीच समझदारी बनेको बताए ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सत्तारुढ दलको बैठकले संशोधन प्रस्ताव देश र जनताको हितविपरित भएको समेत ठहर गरेको छ । उनले संशोधन देश र जनताको हित विपरितको रहेको ८ दलको ठहर रहेको भन्दै ५ नम्बर प्रदेशमा राष्ट्रिय झण्डा बोकेर भइरहेको आन्दोलनमा पनि सबैको ऐक्वबद्धता रहेको बैठकपछि जानकारी दिए ।

बैठकले संशोधन प्रस्तावको विरोधमा पुस १७ गते ८ दलले संयुक्त आमसभा गर्ने निर्णय समेत गरेको छ । संसद बैठक सोमबार दिउँसो १ बजेको लागि बोलाइएको अवस्थामा आफ्नो धारणा तय गर्न प्रतिपक्षी दलको संयुक्त बैठक बसेको हो । बैठकमा प्रतिपक्षी दलहरु नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, परिवार दल , लोकतान्त्रिक जनजाती पार्टी , नेपा पार्टी र मधेस समता पार्टीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Dec 19, 2016

प्रतिक्रिया दिनुहोस्