Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको बताए । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ ।

भारतीय आयल निगमले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको तथा भारतीय स्थानीय निजी पम्पमा पनि खुद्रा मूल्य बढेकाले नेपालमा मूल्य बढाउनु परेको निगमको भनाइ छ । रासस

प्रकाशित मिति: Dec 19, 2016

प्रतिक्रिया दिनुहोस्