Logo
११ बैशाख २०८१, मंगलबार
(December 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘स्थानीय चुनाव हुन्छ हुन्छ हुन्छ, तयारीमा लाग्नुस’

चितवन, २९ मङि्सर  । सत्तारुढ नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव तत्कालै हुने भएका कारण तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्।‘हामी म्याद थप्दै संसदको आयु बढाउने पक्षमा छैनौं । आउँदो वर्षको माघसम्म स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव गर्नै पर्ने बाध्यता छ। अब हामी चुनाव तिर लाग्छौं। मैले एमाले अध्यक्ष केपी ओलीसँग यही कुरा गरेको हो। उहाँको पनि यसमा सहमति छ’, सभापति देउवाले भने।

संसद अवरोध गरेकोमा एमालेप्रति भने देउवा आक्रोशित देखिए। नेपाल महिला संघ केन्द्रीय समितिले तीन प्रदेशका कार्यकर्ताका लागि भरतपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले भने, ‘अब स्थानीय चुनाव हुन्छ हुन्छ हुन्छ । तयारीमा लागिहाल्नुस्।’

‘सीमा जोगएर बसेका मधेसी समुदायप्रति एमालेको अविश्वास गरेको छ। मधेसीलाई मान्य हुने गरेर संविधान संशोधन गर्न खोज्दा संसद नै चल्न नदिने एमालेको कामले सो पार्टी मेलमिलाप नै चाहँदैन भन्ने देखिएको छ’, देउवाले भने। संशोधन प्रस्ताव पारित हुने डरले नै एमालेले संसद चल्न नदिएको र यसो हुँदा धेरै उपलब्धि गुम्ने खतरा बढेको देउवाले बताए।

‘सवैलाई मनाएर चुनावमा जानु पर्ने अवस्थामा संसद चल्न नदिएर एमालेले अफ्ठ्यारो पारेको छ। यसो हुँदा हामीले प्राप्त गरेका धेरै उपलब्धि गुम्ने खतरा छन्। त्यसो भयो भने त्यसको अपजस एमालेले नै भोग्नु पर्ने हुन्छ’, देउवाले भने।

प्रकाशित मिति: Dec 14, 2016

प्रतिक्रिया दिनुहोस्