Logo
१२ श्रावण २०८१, शनिबार
(December 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशाेधन प्रस्ताव थाँती राख्ने सहमति !

काठमाडौं, २९ मङि्सर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई केही समय थाँती राखेर अघि बढ्नको प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको खुलासा गरेका छन्।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक श्रेष्ठले भने, ‘अहिले निर्वाचनकालागि चाहिने ऐन तथा कानुन बनाउनु पर्नेछ, थुप्रै अरु विधेयक संसदमा अड्किएका छन्, महाअभियोगको प्रस्ताव पनि संसदमा अड्किएको छ, त्यसैले दलहरुबीच बृहत्तर सहमतिकालागि संशोधन प्रस्ताव केही समय थाँती राखेर अघि बढ्ने सहमति भएको छ।’

श्रेष्ठले संविधान संशोधन अहिलेको अनिवार्य आवश्यकता भएकोले यसबारमा प्रमुख दलबीच बृहत्तर सहमति गरेर यसलाई टुँगोमा पुर्याउने बताए। ‘एमालेले भनेजस्तो प्रस्ताव नै फिर्ता लिनुपर्ने कुराको कुनै औचित्य छैन्,’ उनले भने। उनले प्रमुख प्रतिपक्षी दल एमालेले उठाएको चुनावको मुद्दापनि सही रहेको बताउँदै अहिले प्रमुख दलका शीर्ष नेताबीच यो विषयमा सहमति बनेकोमा खुशी व्यक्त गरे।

श्रेष्ठले भने, ‘मुलुकलाई नयाँ निकास दिनकालागि प्रमुख दलबीच चुनाव गराउने सहमति भएको छ, यो अत्यन्तै सकारात्मक कुरा हो।’ उनले काँग्रेस प्रमुख पार्टी भएकाले मुलुकलाई निकास दिनकालागि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले भने, ‘तत्काललाई संशोधन प्रस्तावलाई थाँती राखेर भएपनि निर्वाचनमा अघि बढ्नुपर्छ, काँग्रेस स्थानीय तह वा निकाय जुनको चुनाव गरेपनि तयार छ, त्यसमा कुनै आपत्ति छैन्, त्यसो भयो भने राम्रो हुन्छ।’

श्रेष्ठले संविधान संशोधन नै गर्न मिल्दैन भनेर एमालेका केही नेताहरुले भ्रम छर्ने काम गरिरहेको समेत गुनासो पोखे । उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सदनमा दर्ता भएको महाअभियोगको प्रस्ताव काँग्रेसको कारणले भन्दापनि एमालेको कारणले तुहिने खतरा रहेको औंल्याए।

प्रकाशित मिति: Dec 14, 2016

प्रतिक्रिया दिनुहोस्